बास्तोला डीनमा नियुक्त, विश्वविद्यालयद्वारा नवनियुक्त पदाधिकारीलाई स्वागत

पोखरा, १० माघ। पोखरा विश्वविद्यालको विज्ञान तथा प्रविधि सड्ढायको डीन पदमा त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज, काठमाडौंका सहप्राध्यापक डा. सुरेशप्रसाद बास्तोला नियुक्त भएका छन्।

विश्वविद्यालयको म·लबार बसेको कार्यकारी परिषद्ले उनलाई पोवि ऐन २०५३ को दफा २७ (३) बमोजिम विश्वविद्यालयको विज्ञान तथा प्रविधि सड्ढायको डीन पदमा चार वर्षको लागि नियुक्ति गरेको हो।

नवनियुक्त डीनसहित हालै नियुक्त भएका विश्वविद्यालयको सेवा आयोग अध्यक्ष र सदस्यलाई विश्वविद्यालयले बुधबार लेखनाथको प्राज्ञिक भवन कम्प्लेक्समा एक समारोहको आयोजना गरी स्वागत समेत गरेको छ।

उक्त स्वागत समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. खगेन्द्रप्रसाद भट्टराईले उनहरूको कार्यकालमा विश्वविद्यालयको अझ बढी स्तरोन्नति हुने विचार व्यक्त गरे।

नवनियुक्त सेवा आयोगका अध्यक्ष प्रा.डा. विनोदकुमार श्रेष्ठले पोखरा विश्वविद्यालय त्रिविपछि छोटो समयमा राम्रो प्रगति हासिल गरी ख्याति कमाएर यसको छवि बाहिर अब्बल दर्जाको रूपमा रहेको आफूले मूल्याड्ढन गरेको उल्लेख गर्दै आफ्नो कार्यकालमा यसलाई आवश्यक पर्ने दक्ष जनशक्तिको आपूर्र्तिलाई निष्पक्ष ढङ्गले परिपूर्र्ति गर्न प्रयत्न गर्ने विचार व्यक्त गरे।

त्यस्तै सेवा आयोगका नवनियुक्त सदस्य प्रा.डा. पद्मचन्द्र पौडेलले विश्वविद्यालयको सेवा आयोगलाई नियम विनियमको परिधिभित्र रहेर सञ्चालन गर्ने विचार व्यक्त गरे।

नवनियुक्त डीन डा. सुरेशप्रसाद बास्तोलाले त्रिविमा बसेर आफूले स्वास्थ्य क्षेत्रमा लामो अनुभव बटुलेको उल्लेख गर्दै उक्त अनुभवलाई सबैको सहयोग पाएमा आफूले विश्वविद्यालयको विज्ञान तथा प्रविधि सड्ढायलाई एउटा नमूना सड्ढायको रूपमा विकास गर्ने काममा लगाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा रजिष्टार डा. मानवहादुर केसीले सबैको कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

- अादर्श समाज सम्वाददाता