विभिन्न स्थानबाट कपडा सड्ढलन

पोखरा, १० माघ। पोखरामा भइरहेको हुम्ला जुम्लाका विपन्न वर्गका लागि कपडा सड्ढलन अभियानमा बुधबार पनि विभिन्न सङ्घसंस्थाले सहयोग गरेका छन्।

जसअनुरूप नारी सेवा समितिले ढुवानी खर्चका लागि भन्दै पाँच हजार रुपैयाँका साथ कपडा हस्तान्तरण गरेको छ। समितिका अध्यक्ष सीता बरालले कार्यक्रम संयोजक  सुष्मा पौडेललाई रकम हस्तान्तरण गरेकी हुन्। बरालले चेरिस्मा इम्पोरियमका तर्फबाट समेत कपडा प्रदान गरेकी थिइन्।

अभियानमा सहभागी माधव पहारीले आफ्नो अगुवाइमा सड्ढलित कपडा तथा ४० वटा खाली बोरा सावित्री शर्मालाई सहयोगस्वरूप हस्तान्तरण गरे। महिला सीप विकास संस्थाका तर्फबाट रमकली खड्काले सिरक, कम्मलसहितका कपडा आयोजकलाई हस्तान्तरण गरेकी थिइन्।

महिला सशक्तीकरण नेपालका तर्फबाट लक्की र डिक्की कार्की, विराज फेन्सी स्टोर्स विसाल वजारका इन्द्रराज अर्याल, स्वतन्त्र पत्रकार सङ्घ कास्कीका अध्यक्ष दीपक श्रेष्ठ, सिद्धीविनायक महिला बचत तथा ऋण सहकारी संस्था पोखरा-४ बाट अध्यक्ष प्रभा कोइराला, गंगा स्टोर्स महेन्द्रपुलबाट प्रो.शिवजी कोइराला, सनराइज ट्रेकिङ सपका नारायणप्रसाद सुवेदी, पूजा गार्मेन्टका खिमलाल सुवेदी, लेकसाइड गार्मेन्टका दीपेन्द्र हमाल, महेन्द्रपुलका राज ध्वजू श्रेष्ठलगायतले कपडा हस्तान्तरण गरेका थिए।

यसैगरी, राष्ट्रिय परोपकार महासङ्घमा सड्ढलित कपडा  अध्यक्ष ललितबहादुर कुँवरले हस्तान्तरण गरेका थिए।

कपडा व्यवस्थापनका लागि मानव मिलन नारी जागरण संस्था, जगदम्बा आमा समूह पोखरा-६ बैदाम, नमस्ते साइबर र स्वामीनारायण नारी जागरण संस्थाबाट महिला बिहानदेखि सेवामा जुटेका थिए।

कपडा सड्ढलनका लागि सोमबार र म·लबार रेडक्रस सर्कल कास्की र नौलोघुम्तीका तर्फबाट यातायात सहयोग गरिएको थियो। जसका लागि अध्यक्ष रामप्रसाद सुवेदीले सहयोग गरेका थिए भने बुधबार सशस्त्र प्रहरी बल कालिका गणका तर्फबाट सहयोग भएको थियो।

मानव विकास मञ्च नेपाल, मानव मिलन नारी जागरण नेपालको संयुक्त आयोजना तथा विभिन्न सङ्घसंस्थाको समन्वयमा सञ्चालन भइरहेको उक्त अभियानलाई स्वतस्फूतरूपमा कपडा हस्तान्तरण गर्ने क्रम बढ्दै गए पनि आयोजकले अब टोलटोलमा कपडा सड्ढलन गर्ने कामलाई थाती राख्न मूल आयोजक समितिका सदस्यलाई अनुरोध गरेको छ।

कपडा सड्ढलनमा अभियानमा सहयोग गर्ने सम्पूर्ण सङ्घसंस्था तथा व्यक्तिलाई धन्यवाद ज्ञापन गर्दै अब १२ गते कपडा हस्तान्तरण गर्ने कार्यक्रम भएको र सड्ढलित कपडालाई व्यवस्थापन गर्नुपर्ने भएकाले अब कपडा सड्ढलन नगर्न आग्रह गरेको हो।

- अादर्श समाज सम्वाददाता