लेखनाथ महोत्सवमा यसपटक पनि कपल डान्स हुने

लेखनाथ, १० माघ। यही माघ २६ गतेदेखि फागुन ८ गतेसम्म सञ्चालन हुने नवौं लेखनाथ महोत्सव २०६९ मा विशेष कार्यक्रमको रूपमा यसपटक पनि जोडी नृत्य गण्डकी तारा हुने भएको छ।

महोत्सवको थप आकर्षणका रूपमा जोडी नृत्य गण्डकी तारा -केटाकेटी जोडी नृत्य) आयोजना गरिएको हो।

साथै विजेतालाई ४० हजार रुपैयाँका साथमा आकर्षक पुरस्कारको व्यवस्था गरिएको स्टेज व्यवस्थापन उपसमितिका संयोजक नेत्रपाणि बास्तोलाले जानकारी दिए।  स्टेज व्यवस्थित बनाउन विभिन्न रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, विद्यालयस्तरीय लोक नृत्य, तारापुञ्ज, दोहोरी कार्यक्रम, हास्यव्यङ्ग्य, लाइभ पप कर्न्र्सट र रत्यौली कार्यक्रम साथै अन्य आकर्षक कार्यक्रम गरिने जनाइएको छ।

यस्तै, लेखनाथ महोत्सव २०६९ अन्तर्गत गठित कृषि प्रदर्शनी उपसमितिको बैठक समितिका संयोजक दयाराम तिवारीको अध्यक्षतामा बुधबार सम्पन्न भयो। लेखनाथ महोत्सवको थप आकर्षणका रूपमा कृषि प्रदर्शनी रहने र स्थानीय उत्पादनलाई प्राथमिकता दिइने तथा लेखनाथ महोत्सवको प्राथमिकताको रूपमा रहेको कृषि प्रदर्शनीलाई प्रभावकारी र व्यवस्थित बनाउने निर्णय बैठकले गरेको छ।

- अादर्श समाज सम्वाददाता