माघ ११, २०६९

मेषः मनोकाँक्षा पुग्ने, धन आर्जन, गरेका कार्यमा सफलता, सहयोग मिल्ला।

बृषः बन्न लागेको कार्यमा अवरोध, कुरा काट्ने जाग्ने, नैराश्यता बढ्ने छ।

मिथुनः समय त्यति राम्रो नभए पनि विश्वास जित्न सकिने, प्रतिष्ठा मिल्ला।

कर्कटः अदृश्य बाधा, झुटा आरोप लाग्न सक्छ, विश्वासमा धोका होला।

सिंहः पराक्रम बढ्ने, सहोदरको सहयोग, काम व्यवहारमा सफलता मिल्ने छ।

कन्याः व्यापारमा प्रगति, मातृसुख मिल्ने, गरेका प्रयास फलदायी रहलान्।

तुलाः भविष्यका कार्य योजना बन्ने, दूरदर्शी सोचाइ, चिन्तन स्वभाव बढ्ला।

वृश्चिकः अरुको काम गर्नुपर्ला, प्रतिस्पर्धी जाग्ने, सामन्य काममा खर्च होला।

धनुः अरुको मन जित्न सकिने, आकस्मिक लाभ, दाम्पत्य सुख बढ्ने योग छ।

मकर : चञ्चलपन रहने, अवसर फुत्कने, अरुको भरपर्दा विश्वासघात होला।

कुम्भः धेरै काम व्यवहारमा सरोकार रहने, कल्याणकारी कार्य हुने योग छ।

मीनः कर्म भाव खुलेको, व्यक्तित्व बढ्ने, उच्चस्तरीय व्यक्तिसँग भेट होला।

- अादर्श समाज सम्वाददाता