११ औं आहा ! रारा गोल्ड कप सुरु उद्घाटन खेलमा जावलाखेल विजयी

पोखरा, ९ माघ। सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फूड्स प्रालिको मुख्य प्रायोजनमा मङ्गलबारदेखि पोखरा र·शालामा ११ औं आहा! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०६९ सुरु भएको छ।

उद्घाटन खेलमा ए डिभिजनको रेलिगेशनबाट जोगिन सङ्र्घर्षरत जावालखेल युथ क्लबले धरान फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्‍यो।निर्धारित तथा अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेर टु·एिको थियो।

टाइब्रेकरमा धरानका सुरुका दुर्इ प्रहार असफल भए। रिपेश गुरुङको पहिलो प्रहार जावलाखेलका पहिलो रोजाइका क्यामरुनी गोलकिपर सनम फर्लाण्डले डाइभ हानेर सेभ गरे भने दिलेन लिम्बुको दोस्रो प्रहार फस्टबारबाट बाहिरियो। सुवर्णलिम्बुको तेस्रो तथा किरम लिम्बुको चौथो प्रहार गोलमा परिणत भए पनि हार टरेन। टाइब्रेकरमा विपक्षीका दुवै प्रहार सेभ गरेका जावलाखेलका गोलपिकर सनम फर्लाण्ड म्यान अफ दी म्याच घोषित भए।उनले नगद एक हजार र ट्रफी प्राप्त गरे।

जावलाखेलका भने चारै प्रहार सफल रहे। कृष्ण शाक्य, रविन व्यञ्जनकार, संजोक चाम्लिङ र टीम क्याप्टेन सुशील शाहले पेनाल्टी हानेका थिए।उद्घाटन खेलमा दुवै टीमले दर्शकको मन जित्ने खेल प्रदर्शन गर्न सकेनन्। प्राय बल दुवै टीमको डिबक्सभित्र नै खेलिरहेको देखिन्थ्यो।गत वर्ष अत्यन्तै राम्रो प्रदर्शन गरेर पोखरेली दर्शकको वाहवाही पाएको जावलाखेलले उद्घाटन खेलमा गरेको प्रदर्शन त्यत्ति उत्साहजनक थिएन।पहिलो रोजाइका गोलकिपरबाहेक जावलाखेलले पोखरामा दोस्रो रोजाइको टीम मैदानमा उतारेको थियो।पहिलो जीत हात पार्दा उसका सुरेन्द्र बस्नेत,रविन व्यञ्जनकार,सहन हमालर साजन थापामगरले डेब्यू गरे भने ए डिभिजनमा एक-दुर्इ म्याच खेलेका सरल लामा, सुशील शाह, कृष्ण शाक्य, कन्या गुरुङ र सुरज राईले पनि प्लेइङ सेटबाट खेले।

पहिलो हाफको २७ मिनेटमा धारनले प्राप्त पेनाल्टीमा गोल गर्न चुकेपछि उसको दुर्भाग्य सुरु भएको थियो। यद्यपि उसले त्यसपछि पनि तीनवटा अवसर प्राप्त गरेको थियो।

आठौंबाहेक क्याराभान कपसहित ११ पटक सहभागी भएको धरानको यो ११ औं हार हो। टाइब्रेकरमा हारेको भने तेस्रोपटक भए पनि गोलरहित बराबरीमा हार भने पहिलोपटक हो।

चौथो संस्करणमा एपीएफसँग दुर्इ-दुर्इको बराबरीपछि टाइब्रेकरमा ४-३, सातौं संस्करणमा बीएन स्पोर्र्टिङ क्लब भारतसँग तीन-तीन गोलपछि टाइब्रेकरमा ४-२ ले पराजित भएको थियो। हालसम्म धरानले पोखरामा २२ गोल खाएको छ भने विपक्षीविरुद्ध मात्र नौ गोल गरेको छ।

एकेडेमीका केही जुनियर खेलाडी र केही भेटरान खेलाडीसहित जावालखेलविरुद्ध उत्रिएको धरानको लागि प्राप्त पेनाल्टीमा विकेक गुरुङ गोल गर्न असफल भए। उनको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो।जावलाखेलका फिरोज मगरातीले डिबक्सभित्र ह्याण्ड गरेपछि धरानले पेनाल्टी हान्ने अवसर पाएको थियो।

त्यसअघि २३ मिनेटमा जावलाखेलका सरल लामाले डिब्सभित्रबाट सेकेण्डबारमा हानेको प्रहारलाई धरानका गोलकिपर रोशन खड्काले डाइभ हानेर नियन्त्रणमा लिएका थिए।४० मिनेटमा धरानका सुरेन्द्र तामाङको प्रहारलाई नवीन गुरुङले हेडक्लियर गरिदिए।दोस्रो हाफमा सात मिनेटमा धरानले अको अवसर पायो। सुरेन्द्र तामाङको कर्नरमा सुदीप राईले सिक्स यार्ड बक्स भित्र गरेको हल्का हेडिङ गोलकिपर सनम फर्लाण्डले नियन्त्रणमा लिए। १७ मिनेटमा सुदीप राईको पासमा सुवर्णलिम्बुको प्रहारले सेकेण्डबारको दिशा लियो।२४ मिनेटमा जावालखेलका टीम क्याप्टेन सुशील शाहले मैदानको झण्डै मध्यभागबाट हानेको सीधाप्रहारलाई गोलकिपरले एक हातले पञ्च गरेर फाल्दा क्रसबारमा ठोकिएर बाहिरियो।४४ मिनेटमा धारनका सुरेन्द्रको कर्नरमा दिलेन लिम्बुले फस्टबारमा गरेको हेडिङ बाहिरियो।

अतिरिक्त समयको पाँच मिनेटमा धरानका सुरेन्द्र तामाङको कर्नरलाई विपक्षी किपरले पञ्च गरेर असफल पारे।जीतपछि जावलाखेलका प्रशिक्षक राजाराम कार्कीले दोस्रो टीम खेलाएकोले गर्दा पनि फस्ट हाफमा राम्रो प्रदर्शन नभएको प्रतिक्रिया दिए तर उले दोस्रो हाफमा भने राम्रो प्रदर्शन गरेको दाबी गरे।जावालखेलले शनिबार गोर्खा ब्रिगेड एफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ।सो खेलमा पहिलो टीम उतार्ने उनले बताए।गोर्खा ब्रिगेड भारतीय सेनामा भर्ती भएका नेपाली खेलाडीहरूको टीम हो।

त्यसअघि जावलाखेलले ए डिभिजन लिगको अन्तिम खेलमा बिहीबार नेपाल पुलिससँग खेल्दैछ।रेलिगेशनबाट जोगिनसङ्र्घर्षरत उसले पुलिससँग बराबरी खेलेमात्रै पनि ए डिभिजन सुरक्षित हुनेछ।

धरानका प्रशिक्षक विक्रम खड्कीले भने पेनाल्टी मिस हुनु नै खेलको र्टर्निङ प्वाइन्ट बनेको बताए। उनले निर्धारित समयमै गोल गरेर जित्ने आशा लिएर आएको भन्दै पेनाल्टीमा चुकेपछि खेलाडीहरू नैतिकरूपमा दबाबमा परेको प्रतिक्रिया दिए।उनले ११ औं सहभागितामा पनि हारेर जानुपर्दाको क्षणलाई दुर्भाग्यको संज्ञा दिए।सो खेलमा जावालखेलका सरल लामा, सुशील शाह तथा धरानका सुवर्णलिम्बु र सुरेन्द्र तामाङलाई फिफा रेफ्री सचिन अमात्यले एलोकार्ड देखाएका थिए।यसअघि प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव युवराज लामाले अको महिनादेखि पोखरामा सेमिकभर्ड हल निर्माण सुरु गर्ने जानकारी दिए।उनले पोखरालाई अन्तर्राष्ट्रिय खेलस्थलको रूपमा विकास गर्ने आश्वासन दिँदै त्यसको लागि पोखरामा अन्तर्राष्ट्रियस्तरको स्टेडियम निर्माण गरिने बताए।

मुख्य प्रायोजक हिमश्री फूड्स प्रालिका कार्यकारी अध्यक्ष सूर्यबहादुर केसीले प्रतियोगिताले आफ्नो कम्पनी  र सहारालाई अन्तर्राष्ट्रियस्तरको चिनाउन सफल भएको दाबी गरे।

कास्की जिल्ला फुटबल सङ्घका संस्थापक अध्यक्ष महेश गुरुङले पोखराको फुटबल खेलको विकासमा सहाराले महत्त्वपूर्ण योगदान दिएको बताए।

सो अवसरमा संस्थापक अध्यक्ष गुरुङलाई फुटबल खेलको विकास र विस्तारमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो।

सहारा क्लबका अध्यक्ष विक्रम थकालीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक वीरभद्र आचार्यले स्वागत तथा महासचिव केशवबहादुर थापाले सञ्चालन गरेका थिए।

माघ २० गतेसम्म सञ्चालन हुने सो मनाङ मस्र्याङ्दी क्लब, जावलाखेल युथ क्लब, थ्री स्टार क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, आरसीटी, त्रिभुवन आर्मी क्लब, फ्रेण्डस् क्लब, धरान फुटबल क्लब, गोर्खा ब्रिगेड फुटबल टीम, भारत, साउदर्न समिति एफसी, कोलकाता र आयोजक सहारा क्लब पोखरा गरी १२ टीमको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेता टीमलाई नगद तीन लाख ५१ हजार तथा उपविजेता टीमलाई नगद दुर्इ लाख एक हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। उत्कृष्ट खेलाडीलाई  टि.भि.एस. मोटरसाइकल प्रदान गरिने छ। सर्वाधिक गोलकर्तालाई पुरस्कार नगद १५ हजार प्रदान गरिनेछ। यस्तै उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकरलाई जनही १० हजार प्रदान गरिने छ।पाँ विधाको नगर कलर्स मोबाइल तथा ट्रफी सहारा युकेले प्रायोजन गरेको छ।फेयर प्ले टीमलाई इमोन क्याफेद्वारा प्रायोजित नगद पाँच हजार पुरस्कार र ट्रफी प्रदान गरिने छ।

बुधबार त्रिभुवन आर्मी क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

- प्रेमनारायण न्यौपाने