मेट्रो डेभलपमेन्ट बैड्ढको नाफा एक करोड २० लाख

पोखरा, ९ माघ। पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको मेट्रो डेभलपमेन्ट बैड्ढ लिमिटेडले आर्थिक वर्ष २०६९/०७० पहिलो अर्धवाषिर्कमा एक करोड २० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ।

२०६६ साल पुस १ गतेदेखि पोखराको न्यूरोडबाट कारोबार सञ्चालन सुरु गरेको सो बैड्ढले आर्थिक वर्ष २०६९/०७० को अर्धवाषिर्क अवधि अर्थात् स्थापनाकालको चौथो वर्ष प्रवेशसँगै प्रधान कार्यालयसहित भोलेटार लमजुङ, रत्नचोक पोखरा, हस्पिपटलचोक पोखरा र बेनीबजार म्याग्दीमा गरी चारवटा शाखा सञ्चालनमा ल्याइसकेको जनाएको छ। बैड्ढले सोही अवधिमा ९४ करोड १९ लाख निक्षेप सड्ढलन गरी ८० करोड ८५ लाख रुपैयाँ कर्जा लगानी गरेको प्रमुख कार्यकारी अधिकृत सूर्यप्रसाद तिवारीले जानकारी दिए।

- अादर्श समाज सम्वाददाता