सहमति च्यात्ने प्रचण्डको अभिव्यक्तिप्रति काङ्ग्रेस, एमालेद्वारा आपत्ति

काठमाडौं, ८ माघ। नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले सहमति च्यातेर जनतामा जाने प्रचण्डको धम्कीको कुनै औचित्य नभएको बताएका छन्।

प्रेस युनियन चितवनले सोमबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा सभापति कोइरालाले प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति सड्ढेत गर्दै माओवादीले शान्ति सम्झौता च्यातेर जाँदैमा कुनै असर नगर्ने दाबी गरे।

सभापति कोइरालाले लोकतन्त्रका लागि आफूहरू कसैसँग सम्झौता नगर्ने बताए। आधिकारिकरूपमा प्रस्ताव नआए पनि सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री बन्ने चाहना प्रचण्डले व्यक्त गर्दा आफू अचम्मित भएको कोइरालाको भनाइ थियो।

सभापति कोइरालाले निर्वाचनमा पनि नजाने र सत्ता पनि नछाड्ने माओवादी चरित्र सर्वसत्तावादी भएको र यसलाई कुनै हालतमा स्वीकार्न नसकिने बताए। अहिले सहमतिको पूर्ण बाधक माओवादी नै भएको आरोप लगाउँदै कोइरालाले माओवादीले दिगो शान्ति नै नचाएको उल्लेख गरे।

यता, नेकपा एमाले अध्यक्ष झलनाथ खनालले पनि व्रि्रोहको धम्की नदिन एकीकृत माओवादीलाई चेतावनी दिएका छन्। फेरि पनि देश र जनताविरुद्ध व्रि्रोहको धम्की दिए एकीकृत माओवादी स्वयं समाप्त भएर जाने उनले चेतावनी दिए।

नेकपा एमाले उपत्यका विशेष समन्वय कमिटीले पार्टीकार्यालय बल्खुमा सोमबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खनालले त्यस्तो चेतावनी दिएका हुन्।

एकीकृत माओवादीले नयाँ संविधान जारी गर्न नचाहेकै कारण मुलुक अहिले भयावह सड्ढट, सर्वत्तावाद, निरड्ढुशता र दिशाहीनतातर्फ अग्रसर भएको अध्यक्ष खनालले गतिरोध अन्त्यका लागि एमाले आन्दोलनमा उत्रिएको बताए।

उनले अन्य शक्तिसँग हातेमालो गर्दै आन्दोलनलाई निष्कर्षमा पुर्‍याइने दाबी गरे।

- अादर्श समाज सम्वाददाता