एमाले कास्की क्षेत्र नं १ को अध्यक्षमा पंगेनी

लेखनाथ, ८ माघ। नेकपा एमाले कास्की क्षेत्र नं १को दोस्रो अधिवेशनले आगामी कार्यकालका लागि टिकाराम पंगेनीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

सर्वसम्मत गठित गरिएको समितिको उपाध्यक्षमा उमा परियार, सहसचिवमा पसबहादुर बस्तोला रहेका छन् भने सचिव पदका लागि भएको निर्वाचनमा बालकृष्ण गुरुङ निर्वाचित भएका हुन्।

खुल्ला सदस्यतर्फ भएको मतदानमा दीपक कोइराला, नगेन्द्र लामिछाने र खड्कबहादुर रानाभाट निर्वाचित भएका छन् भने भूगोलतर्फको महिलाबाट गीता सापकोटा, यमकुमारी मगर, सावित्रीदेवी पण्डित, सरस्वती पौडेल, कुमारी गुरुङ, विमला पौडेल, सावित्री भण्डारी, सरस्वती बास्तोला र विमला सापकोटा सर्वसम्वत चयन भएका छन्।

अल्पसङ्ख्यको कोटाबाट मोहम्वत मियाँ, जनजातिमा कुमारी गुरुङ, यमकुमारी मगर र उत्पीडितहरूको तपmबाट रमा नेपाली, सुनमाया नेपाली, पूर्णबहादुर विक, वीरबहादुर नेपाली, विष्णुमाया विक र पशुराम विक चुनिएका छन्।

यता भूगोलको आधारमा लेखनाथ नगर क्षेत्र लक्ष्मी भण्डारी, नारायण सापकोटा, श्रीकान्त ढु·ाना, रुद्रमोहन भटराई, बुद्धिनाथ बास्तोला, नरनारायण थापा, विष्णुहरि तिवारी, कुलबहादुर रानाभाट, पदमराज तिवारी र चित्रबहादुर मिजार रहेका छन्।

यस्तै क्षेत्र नं १ भित्रका गाविसबाट कर्णबहादुर थापा, विष्णुप्रसाद गौतम, दामोदर घिमिरे, नारायण अधिकारी, ज्ञानेन्द्र गुरुङ, हर्कबहादुर गुरुङ, दीपेन्द्र गौतम, वीरसिंह सुनार, झलकप्रसाद पौडेल, डिलबहादुर भुजेल, तलकबहादुर खड्का, बुद्धिसागर पोख्रेल, सिंहमान तामाङ, समन्तबहादुर तामाङ र भोलानाथ त्रिपाठी सदस्य पदका लागि सर्वसम्मत भएको क्षेत्रीय अध्यक्ष टीकाराम पंगेनीले जानकारी दिए।

- अादर्श समाज सम्वाददाता