समाजसेवी जोशीद्वारा महायज्ञमा उल्लेखनीय दान

पर्वत, ८ माघ। गुप्तेश्वर बेदबेदाङ्ग संस्कृत पाठशालाले शनिवारदेखि सञ्चालन गरेको श्रीमदभागवत धनधान्याचल ज्ञान महायज्ञको सफलताको लागि कुश्माका समाजसेवी हरिप्रसाद जोशी, मखमली जोशी र उनको परिवारले १० लाख ५१ हजार दुर्इसय ४० रुपैयाँ“ नगद दान गरेको छ।

महायज्ञ मूल आयोजक समितिका अध्यक्ष समेत रहेका जोशीले महायज्ञको उद्घाटनपूर्व नै उक्त रकम दिएर यज्ञको प्रमुख चन्दादाता भएका छन्।

यज्ञमा शिवालय-७ निवासी पूर्णकुमारी श्रेष्ठ र उनका छोरा गणेशकुमार श्रेष्ठ र शिवकुमार श्रेष्ठको परिवारले दुर्इलाख ५१ हजार नगद सहयोग गरेको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष तुप्ला शाक्यले जानाकारी दिए।

महायज्ञ मूल आयोजक समितिका अध्यक्ष हरिप्रसाद जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा युवा पण्डित कमलनयन गौतम, विश्वहिन्दू महासङ्घ पर्वतका अध्यक्ष लोकनाथ आचार्य, नेपाल फर्निचर व्यवसायी सङ्घका पर्वतका अध्यक्ष मथुराकुमार जोशी, समाजसेवी बलराम कर्माचार्य, गुप्तेश्वर वेद बेदाङ्ग संस्कृत पाठशालाका अध्यक्ष तथा चन्दादाता शिवकुमार श्रेष्ठ, पाठशालाका प्रधानाध्यापक पद्यमराम उपाध्यायलगायतले बोलेका थिए।

महायज्ञमा स्वागत मन्तव्य कोषाध्यक्ष तुप्ला शाक्य र सञ्चालन गुप्तेश्वर बहुमखी क्याम्पसका उपप्रध्यापक सुवास पन्त र शिवालय नमुना उच्च माविका सहप्राचार्य कमलनाथ शर्माले गरेका थिए।

महायज्ञको उद्घाटनपूर्व बिहान कलश यात्राले कुश्मा बजार परिक्रमा गरी महायज्ञ स्थलमा पुगेको थियो।

यज्ञको गुप्तेश्वर वेदवेदाङ्ग संस्कृत पाठशालाका प्रमुख संरक्षक नागाबाबा पशुपतिजी महाराज र वरिष्ठ चन्दादाता तथा मूल आयोजक समितिका संयोजक हरिप्रसाद जोशीले संयुक्त रूपमा उद्घाटन गरेका थिए।

युवा पण्डित कमलनयन गौतमबाट कथा प्रवचन भएको यज्ञमा यसअघि शिवालय-३ कुश्मा स्थायी घर भइ हाल काठमाडौं ओटुमा व्यापार गरी बस्ने नारायणीदेवी श्रेष्ठले ५१ हजार सहयोग गरेकी थिइन्।

महायज्ञबाट एककरोड बढी रकम सड्ढलन गर्ने र गुप्तेश्वर वेदवेदाङ्ग संस्कृत पाठशालालाई यस क्षेत्रकै नमुना संस्कृत पाठशाला बनाउने लक्ष्य राखिएको समाजसेवी तथा युवा परिचालन उपसमितिका संयोजक रामचन्द्र जोशीले जानकारी दिए।

- अादर्श समाज सम्वाददाता