आजदेखि ११ औं आहा ! रारा गोल्ड कप

पोखरा, ८ माघ। सहारा क्लब पोखराको आयोजनामा म·लबारदेखि पोखरा र·शालामा ११ औं आहा! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०६९ हुँदैछ।

प्रतियोगिताको उद्घाटन खेल गत वर्षको उपविजेता जावलाखेल युथ क्लब र धरान फुटबल क्लबबीच हुने छ।

माघ २० गतेसम्म सञ्चालन हुने सो मनाङ मस्र्याङ्दी क्लब, जावलाखेल युथ क्लब, थ्री स्टार क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, आरसीटी, त्रिभुवन आर्मी क्लब, फ्रेण्डस् क्लब, धरान फुटबल क्लब, गोर्खा ब्रिगेड फुटबल टीम, भारत, साउदर्न समिति एफसी, कोलकाता र आयोजक सहारा क्लब पोखरा गरी १२ टीमको सहभागिता रहेको छ। मनाङ डिफेण्डिङ च्याम्पियन हो भने जावालखेल उपविजेता टीम हो।

हिमश्री फूड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने सो प्रतियोगिताको विजेता टीमलाई नगद तीन लाख ५१ हजार तथा उपविजेता टीमलाई नगद दुर्इ लाख एक हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।

प्रतियोगिताको लागत रु. ६१ लाख ९२ हजार एक सय अनुमान गरिएको छ। प्रतियोगिता  म्यान अफ दी म्याच ट्रफीको प्रायोजन सहारा युके साथै नगद पुरस्कार प्रायोजन स्वर्गीय रञ्जन थापाको स्मृतिमा उनका पिता शिव थापाले गरेका छन्।

उत्कृष्ट खेलाडीलाई  टि.भि.एस. मोटरसाइकल प्रदान गरिने छ। सर्वाधिक गोलकर्तालाई पुरस्कार नगद १५ हजार प्रदान गरिनेछ। यस्तै उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकरलाई जनही १० हजार प्रदान गरिने छ।पाँ विधाको नगर कलर्स मोबाइल तथा ट्रफी सहारा युकेले प्रायोजन गरेको छ।फेयर प्ले टीमलाई इमोन क्याफेद्वारा प्रायोजित नगद पाँच हजार पुरस्कार र ट्रफी प्रदान गरिने छ। साथै प्रत्येक क्लबलाई एक खेल खेलेबापत अतिरिक्त रकम प्रिक्वाटर विजेता टीमलाई १० हजार र पराजित टीमलाई पाँच हजार, क्वाटरफाइनल विजेता टीमलाई १५ हजार र पराजित टीमलाई १० हजार तथा सेमिफाइनल विजेता, उपविजेता टीमलाई २० हजार उपलब्ध गराइने छ।

- अादर्श समाज सम्वाददाता