ढिकालेथर महिला बचतको साधारण सभा

पोखरा, ८ माघ। ढिकालेथर महिला बचत तथा ऋण सहकारी संस्था पोखरा-१२ को प्रारम्भिक साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भयो।

अधिवेशनले जमुना आचार्यको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

समितिको उपाध्यक्षमा प्रतिभा आचार्य, सचिवमा शान्ति आचार्य, कोषाध्यक्षमा शर्मिला कार्की रहेका छन् भने सदस्यमा रीता आचार्य, मना आचार्य, मेनुका अधिकारी, विष्णुमाया खत्री र पार्वती कार्की छन्। यसैगरी लेखा समिति संयोजकमा सिर्जना सिग्देल तथा सदस्यमा सीता दाहाल र गीता आचार्य रहेका छन्भने ऋण उपसमितिको संयोजक गंगा पन्त र सदस्यमा विष्णु खत्री तथा सीता आचार्य रहेका छन्।

कार्यक्रममा जिल्ला सहकारी सङ्घ कास्कीका अध्यक्ष एवं राष्ट्रिय सहकारी सङ्घका सञ्चालक प्रभा कोइरालाले सभाको उद्घाटन गरिन्।

सभामा ढिकालेथर टोल विकास संस्थाका अध्यक्ष गुप्तबहादुर कार्की, ढिकालेथर सेवा समितिका अध्यक्ष भरतबहादुर कार्की, ढिकालेथर आमा समूहका अध्यक्ष गंगादेवी आचार्य, ढिकालेथर इन्टेलिजेन्ट अर्बिटका अध्यक्ष सन्दीप तिवारी, नेपाल रेडक्रस सोसाइटी पोखरा वडा नं. १२, १३ का अध्यक्ष सूर्यप्रसाद आचार्य, ढिकालेथर सेवा समितिका पूर्व अध्यक्षहरू रामबहादुर कार्की र बलबहादुर कार्की, लेखा परीक्षक ज्ञानबहादुर कार्की, कुलप्रसाद दाहाललगायतले बोलेका थिए। कार्यक्रम संस्थाका अध्यक्ष जमुना आचार्यको अध्यक्षतामा भएको थियो।

- अादर्श समाज सम्वाददाता