माया फाउन्डेशनद्वारा खेलकुद प्रतियोगिता

ढिकुरपोखरी, ८ माघ। नेदरल्याण्डको सहयोगी संस्था माया फाउन्डेसनले कास्कीको ढिकुरपोखरी-२ सिम्पालीमा अवस्थित् श्री सिर्जना सामुदायिक माध्यमिक विद्यालयमा बिहीबार विविध खेलकुद प्रतियोगिता सम्पन्न गर्‍यो।

फाउन्डेशनका भोलिन्टियर अब्राहम र रोबको सक्रियतामा  विभिन्न छ इभेन्टमा सम्पन्न प्रतियोगिताअन्तर्गत, भलिबल, बास्केटबल, स्कीपिङ, बोटल इटिङ, रिले दौड र डोरी तान्ने खेल सम्पन्न भएका हुन्।प्रतियोगितामा कक्षा ६ देखि १० सम्म अध्यनरत कुल एक सय २० जना विद्यार्थीहरूका विभिन्न १२ टिम सहभागी थिए।

लिगका आधारमा सञ्चालित खेलकुदमा प्राप्ताड्ढका आधारमा सहभागीलाई मेडल तथा टिसर्ट वितरण गरिएको थियो।

सो अवसरमा करिव १५ हजार रुपैयाँ बराबरका भलिबल, बास्केटबल, भलिबल पोल, स्कीपिङ डोरी लगायतका खेलकुद सामग्री विद्यालयलाई उपहारस्वरूप प्रदान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक लालप्रसाद पौडेलले जानकारी दिए।

- अादर्श समाज सम्वाददाता