कृषि विकास बैड्ढको ४६ औं वाषिर्कोत्सव सम्पन्न

पोखरा, ७ माघ। कृषि विकास बैड्ढ लिमिटेडको ४६ आंै वाषिर्कोत्सवका अवसरमा पोखरामा पनि आइतबार विविध कार्यक्रम सम्पन्न भएका छन्।

वाषिर्कोत्सवका अवसरमा पुनर्मिलन समारोह, रक्तदान र खेलकुद प्रतियोगिता सम्पन्न गरिएको हो। पुनर्मिलन समारोहमा बोल्दै नेपाल राष्ट्र बैड्ढ पोखराका व्यवस्थापक ऋषिकेश भट्टले कृषि विकास बैड्ढ अवसर र चुनौतीका बीचमा रहेको भन्दै सम्भावनाहरूलाई खोजेर अघि बढ्न सुझाव दिए। उनले कृषि विकास बैड्ढप्रति जनताले विश्वास गरेका कारण नै सफल रहेको बताए।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सञ्जीव कोइरालाले बैड्ढङि सेवालाई समयसापेक्ष बनाउन आग्रह गरे। उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले कृषि विकास बैड्ढ बैड्ढङि क्षेत्रमा स्थापित संस्था भएको भन्दै जनतालाई सर्वसुलभरूपमा सेवा उपलव्ध गराउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए।

कृषि विकास बैड्ढ लिमिटेड कर्मचारी सङ्घ क्षेत्रीय समितिका अध्यक्ष महेशप्रसाद पौडेलले सेवा निवृत्त बैड्ढका कर्मचारीका लागि भत्ताको व्यवस्था गर्न माग गरे। कृषि विकास बैड्ढ लिमिटेड नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ क्षेत्रीय समितिका अध्यक्ष रामकुमार श्रेष्ठले बैड्ढ रहेमात्र कर्मचारी रहने भएकाले बैड्ढलाई अघि बढाउन हातेमालो गर्दै अघि बढ्ने बताए। कार्यक्रममा नेपाल वित्तीय संस्था समावेशी कर्मचारी सङ्घ क्षेत्रीय समितिका अध्यक्ष मदनप्रसाद फुयाँल, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन क्षेत्रीय समितिका अध्यक्ष भीमप्रसाद सुवेदी, सेवाग्राहीहरूको तर्फबाट सुरेन्द्रमानसिंह भण्डारी र उपेन्द्र बानियाँले बोलेका थिए। त्यस अवसरमा २५ वर्षसम्म सेवा गर्ने कर्मचारीहरू फत्तबहादुर जीटी र तिलबहादुर र्घर्तीलाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको थियो।

कृषि विकास बैड्ढ लिमिटेड क्षेत्रीय कार्यालय पोखराका निर्देशक सुबोधप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखा प्रमुख ज्ञानप्रसाद अर्यालले स्वागत र अर्का शाखा प्रमुख तेजमानसिंह भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए।

यसैबीच, बाषिर्कोत्सवको अवसरमा कृषि विकास बैड्ढ कर्मचारी सङ्घ क्षेत्रीय समिति पोखराले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्। कृषि विकास बैड्ढ लिमिटेड क्षेत्रीय कार्यालय पोखराका निर्देशक सुबोधप्रसाद गौतमले रक्तदान गरी कार्यक्रमको उद्घाटन गरेका थिए। रक्तदान गर्नेहरूमा झवनाथ ढकाल, पवित्रराज पौडेल, डुकुलराज घिमिरे, विद्यानाथ सुवेदी, हेमकुमार भुजेल, रामजीप्रसाद बस्ताकोटी, मोतीप्रसाद पौडेल, लक्ष्मणबहादुर क्षत्री, टेकराज तिमिल्सिना, सन्तोष पहारी, विजय ढकाल, महेश पौडेल, घनेन्द्र अधिकारी, पदमलाल पुरी, नारायण भण्डारी, यशोदा भुजेल, ढाकामोहन पौडेल, कुलबहादुर तामाङ, हिमलाल श्रेष्ठ, रुद्रकुमार श्रेष्ठ, राजेन्द्र कोइराला, विश्वराज बास्तोला, पूर्णबहादुर जीसी र ऋषिराम भट्टराई छन्। रक्तदाताहरूलाई कृषि विकास बैड्ढ लिमिटेड क्षेत्रीय कार्यालय पोखराका निर्देशक सुवोधप्रसाद गौतमले प्रमाणपत्र वितरण गरेका थिए। कृषि विकास बैड्ढ कर्मचारी सङ्घ क्षेत्रीय समितिका अध्यक्ष महेश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव टेकराज तिमिल्सिनाले गरेका थिए।

यसैबीच, खेलकुद प्रतियोगितामा घैंटो फुटाउनेतर्फ भीमप्रसाद सुवेदी, म्युजिकल चियरतर्फ मैयाँ पराजुली, ब्याण्डमिण्टनतर्फ झवनाथ ढकाल र तेजमानसिंह भण्डारी प्रथम भएका छन्।

- अादर्श समाज सम्वाददाता