नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ कास्कीको अध्यक्षमा गौतम

लेखनाथ, ७ माघ। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ कास्की शाखाको शनिबार सम्पन्न सातौं महाधिवेशनबाट जगदीश गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।

निर्वाचनमा बराबर मत प्राप्त गरेका अध्यक्ष पदका प्रत्यासी सुरेन्द्रराज पौडेलले आफ्नो दाबी छाडेपछि गौतम निर्वाचित भएका हुन्। अध्यक्ष पदका लागि भएको निर्वाचनमा दुवै उम्मेदवारले ७१/७१ मत प्राप्त गरेका थिए।

देउराली बुक्स एण्ड स्टेशनरीका सुरेन्द्र पौडेलले संस्थागत विकास र व्यवसायिक एकताको लागि भन्दै ओजन बुक्स एण्ड स्टेशनरीका जगदीश गौतमलाई समर्थन गरेका थिए।

महासङ्घको विधान अनुसार निर्वाचन परिणाम बराबर भएमा गोला प्रथाबाट अध्यक्ष चयन गर्ने प्रावधान भएपनि पौडेलले गौतमलाई समर्थन गरेका हुन्।

यसैगरी प्रथम उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा अर्जुनप्रसाद पोख्रेलले एक सय सात मत ल्याई विजयी भएका छन् भने उनका प्रत्यासी सुशीला अर्यालले ३५ मत प्राप्त गरेकी थिइन्। त्यस्तै द्वितीय उपाध्यक्ष पदमा दिनेश अर्यालले ८४ मत प्राप्त गरी विजयी भए भने द्वितीय उपाध्यक्षका प्रत्याशी भगवान पोख्रेलले ५८ मत प्राप्त गरेका थिए।

सचिव पदको निर्वाचनमा शिवराज बास्तोलाले ७६ मत प्राप्त गरी विजयी भए भने अर्का उम्मेदवार मनोहरि सापकोटाले ६५ मत प्राप्त गरे। सहसचिव पदका लागि भएको निर्वाचनमा वैकुण्ठ पौडेलले ७१ मत ल्याई विजयी भए भने उनका प्रतिद्वन्द्वीहरू उम्मेदवार मुकुन्द घिमिरेले ५५ र राजकुमार तमुले १५ मत प्राप्त गरेका थिए।

कोषाध्यक्ष पदमा राजेन्द्र घिमिरे निर्वाचित भए भने सल्लाहकारमा सुरेन्द्र पौडेललाई चयन गरिएको छ। त्यस्तै, १४ सदस्य पदका लागि १८ जनाबीच भएको निर्वाचनमा लक्ष्मण पौडेलले सवैभन्दा बढी एक सय २०, मनोहरि पौडेलले एक सय १९, गोविन्द गौतमले एक सय १५, कविन्द्रप्रसाद पोख्रेलले एक सय १५, मोहन सापकोटाले एक सय १४, बाबुराम शर्माले एक सय १३, खेमनारायण खनालले एक सय १२, पीताम्बर पोख्रेलले एक सय पाँच, नारायण पोखे्रलले एक सय पाँच, पुष्पाकुमारी आचार्यले एक सय पाँच, राजेन्द्रप्रसाद पौडेलले एक सय पाँच, पुरुषोत्तमराज भण्डारीले ९७, विष्णुप्रसाद शर्मा केपीले ९५ र लालप्रसाद पाठकले ९४ मत ल्याई विजयी भए। सदस्यका उम्मेदवार मिलन गोर्खालीले पनि ९४ मत ल्याएकोमा उनले पनि पाठकलाई समर्थन गरेपछि पाठक सदस्य पदमा निर्वाचित भएका हुन्। सदस्य पदका प्रत्यासी उमेदवार टड्ढ ढकालले ९०, रमा प्रासरले ८९ र प्रकाश गिरीले ८३ मत प्राप्त गरेका थिए।

- अादर्श समाज सम्वाददाता