सत्य सेवा आमा समूहको अध्यक्षमा सिग्देल

पोखरा, ७ माघ। पोखरा-१३ बाँझापाटनस्थित सत्य सेवा आमा समूहको १० औ साधारणसभा तथा पाँचौ अधिवेशनले शान्तिदेवी सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

समितिको उपाध्यक्षमा विष्णु कार्की (ख), सचिवमा सरस्वती बराल, कोषाध्यक्षमा जमुनादेवी श्रेष्ठ, सहसचिवमा सीता आचार्य र सदस्यमा जानुका सापकोटा, माया श्रेष्ठ (ख), राधा भट्टराई, ज्ञानु कार्की, सरस्वती कार्की र प्रभा सुवेदी छन्।

त्यसैगरी आमन्त्रित सदस्यमा सुशीला सुवेदी र दुर्गा केसी छन्। समितिको मानार्थ संरक्षकमा निवर्तमान अध्यक्ष रमादेवी कार्की छन्। अधिवेशनले सचिव शान्तिदेवी सिग्देलले प्रस्तुत गरेको वाषिर्क र कोषाध्यक्ष जमुनादेवी श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ।

त्यस अवसरमा संस्थाको विकासका लागि स्थापनाकालदेखि नै सहयोग पुर्‍याउने ३८ जनालाई सम्मान गरिएको थियो।

यसअघि अधिवेशनको उद्घाटन गर्दै समाजसेवी टीकाबहादुर कार्कीले सत्य सेवा आमा समूहले समाजमा रचनात्मक काम गर्दै आएको भन्दै खुसी व्यक्त गरे। कार्यक्रममा समाजसेवीहरू रामबहादुर कार्की, बासुदेव सिग्देल, बजिरमान श्रेष्ठ, माधव आचार्य, दीर्घनारायण श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, केशवराज आचार्य, समाजसेवी एवं नागेश्वर भजन समूहका अध्यक्ष बाबुराम सापकोटा, उपाध्यक्ष प्रेमप्रसाद पराजुली, कमलपोखरी बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक गोविन्द आचार्य, महिला तथा बाल कल्याण कुञ्जकी अध्यक्ष गायत्री सिग्देल, पूर्व अध्यक्ष जुनु श्रेष्ठ, बाँझापाटन टोल विकास संस्था (ख) का अध्यक्ष गोविन्दलाल श्रेष्ठ, राष्ट्रिय परोपकार महासङ्घ पोखरा-१३ का अध्यक्ष देवराज बराल, सत्य युवा क्लवका अध्यक्ष समित केसी, जनकल्याण समितिका युवा उपसमितिका संयोजक कुमार केसी र आदर्श समाज राष्ट्रिय दैनिकका प्रमुख समाचारदाता नवीन सिग्देलले बोलेका थिए।

कार्यक्रममा पोखरा-१३ बाँझापाटन निवासी समाजसेवी केशव आचार्यले श्रीमती मणि कर्ण(गङ्गाकुमारी आचार्य) को स्मृतिमा स्थानीय नागेश्वर शिव मन्दिरको दैनिक पूजा सञ्चालनका लागि ५१ हजार रूपैयाँको अक्षयकोष स्थापना गरेका छन् भने पोखरा-१३ लामाडहर निवासी रामबहादुर कार्कीले संस्थालाई १० हजार रूपैयाँ आर्थिक सहयोग गरेका छन्।

सत्य सेवा आमा समूहकी अध्यक्ष रमादेवी कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसचिव सरस्वती बरालले स्वागत मन्तव्य र सचिव शान्तिदेवी सिग्देलले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

- अादर्श समाज सम्वाददाता