पोखरा नुडल्स बजार बिक्री प्रतिनिधि सङ्घ

लेखनाथ, ७ माघ। पोखरा औद्योगिक क्षेत्रमा रहेको पोखरा नुडल्समा कार्यरत बजार प्रतिनिधिहरूको आइतबार भएको एक भेलाले अमृत कुमार पौडेलको अध्यक्षतामा ११ सदस्यीय नेपाल बजार बिक्री प्रतिनिधि सङ्घ पोखरा नुडल्स इकाइ कमिटी गठन गरेको छ।

नवगठित समितिको उपाध्यक्षमा कुस्माखर पौडेल रहेका छन् भने समितिको सचिवमा शुक्रराज शर्मा, सहसचिवमा कृष्णबहादुर भुजेल र कोषाध्यक्षमा सामदेव शर्मा रहेका छन्। त्यस्तै, समितिको सदस्यमा गिरिराज पौडेल, विश्वनाथ बराल, मनोज केसी, भुवनराज न्यौपाने, शम्भुराज भट्टराई र राजु घिमिरे रहेका छन् भने सल्लाहकारमा युवराज खनाल, सूर्यराज बराल, रामहरि कोइराला, चक्रपाणि बराल र ज्ञानबहादुर कुँवरलाई चयन गरिएको छ। भेलाको अध्यक्षता युवराज खनालले गरेका थिए।

- अादर्श समाज सम्वाददाता