माघ ८, २०६९

मेषः अपेक्षित कार्यमा सफलता, पारिवारिक मेल, राम्रो लगाउने अवसर मिल्ला।

बृषः बोलीका कारण समस्या देखिएला, क्षमता भएर पनि काम नलाग्ला।

मिथुनः आफन्तको सहयोग मिल्ने, पराक्रम बढ्ने, धनमान प्रतिष्ठा बढ्ला।

कर्कटः अरुको कार्यमा ध्यान जाने, चञ्चलपन रहला, अवसर फुत्कन सक्छ।

सिंहः बुद्धिको प्रशंसा हुने, पढाइलेखाइमा सफलता, सन्तानको प्रगति होला।

कन्याः प्रतिस्पर्धात्मक काम गर्नुपर्ने, कार्य सफल तर कुरा काट्ने सक्रिय।

तुलाः माया मान्ने सहयोग गर्ने देखिनेछन्, महत्त्वपूर्ण काम बन्ने, दाम्पत्य सुख।

वृश्चिकः काम व्यवहारमा सतर्क रहनुपर्ला, रोगव्याधिको भय रहेको छ।

धनुः अरुकै लागि खर्च, धेरै काम व्यवहारमा ध्यान, स्वास्थ्यमा ध्यान दिनुपर्ला ।

मकर : व्यापारमा लाभ होला, चञ्चलपन रहला, यात्रामा खर्च हुने देखिन्छ।

कुम्भः आत्मविश्वास बढ्ला, महत्त्वपूर्ण कामको सुरुवात, उच्च व्यक्तिसँग भेट।

मीनः सामान्य काममा धेरै खर्च होला, विश्वास गरेकाबाट धोका हुने।

- अादर्श समाज सम्वाददाता