निर्माण व्यवसायी सङ्घ कास्कीको २१ औं साधारणसभा अग्रज व्यवसायी तथा उत्कृष्ट विद्यार्थी सम्मानित

पोखरा, ६ माघ। नेपाल निर्माण व्यवसायी सङ्घ कास्कीको २१ औं साधारणसभा शनिबार सम्पन्न भयो।

सभाको उद्घाटन समारोहमा अग्रज निर्माण व्यवसायी र निर्माण व्यवसायीका प्रवेशिकामा सवोर्त्कृष्ट अंक ल्याउने एक एक जना छोराछोरीलाई सम्मान गरिएको छ।

सम्मानित हुने अग्रज निर्माण व्यवसायीहरूमा लक्ष्मी निर्माण सेवाका प्रोप्राइटर नरहरि तिमिल्सिना र पन्नाचन कन्डक्सन कम्पनीका प्रोप्राइटर चन्द्रकुमार पन्नाचन रहेका छन्। उनीहरूलाई समारोहका प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष बलराम लामिछाने र निर्माण व्यवसायी सङ्घ कास्कीका अध्यक्ष राजेन्द्र पहारीले दोसल्ला, माला र सम्मानपत्रसहित सम्मान गरेका थिए।

त्यस्तैगरी निर्माण व्यवसायीका छोराछोरीमध्येबाट सवोर्कृष्ट अड्ढ ल्याउने छात्र शरद बराल र छात्रातर्फ सदिप्ता ढु·ानालाई निर्माण विद्या पदकद्वारा नगद २० हजार र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लामिछानेले साना तथा ठूला निर्माण व्यवसायी एक भएर आफ्ना हक अधिकारका लागि लाग्नुपर्ने आवश्यकता औंल्याए। उनले निर्माण व्यवसायीका मागलाई सरकारले पूरा नगरेको आरोप लगाए।

२२ अर्ब भन्दा बढीको योजना रहेको काठमाडौं हेटौंडा सुरुङ मार्ग निर्माण व्यवसायीहरूका लागि अवसर भएको भन्दै यसलाई सम्पन्न गर्न सम्पूर्ण निर्माण व्यवसायीहरू एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो

निर्माण व्यवसायी समितिले सात रोपनी जग्गामा टावर निर्माण गर्नेलगायतका महासङ्घका योजनाबारे जानकारी दिँदै उनले आफ्नो व्यवसायलाई जोखिममा राखेर समेत महासङ्घको हितमा आफू लाग्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा महासङ्घका सल्लाहकार शुकुन्तलाल हिराचनले व्यवसायीहरु सफल भएमात्र देश सफल हुने बताए।

त्यस्तै, निवर्तमान अध्यक्ष यक्षध्वज कार्कीले राजनीतिक दलहरूले कुर्चीको लागि झगडा गर्ने कुरालाई प्राथमिकतामा पार्ने तर व्यवसायीका समस्यालाई प्राथमिकतामा नपारेको गुनासो गरे।

महासचिव शरद कुमार गौतमले साना व्यवसायीलाई अगाडि ल्याउन नसके देश विकास हुन नसक्दे दाबी गरे। महासङ्घका उपाध्यक्ष तथा पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष शिवशंकर गौचनले कास्की जिल्लाको निर्माण व्यवसायी सङ्घ पश्चिमाञ्चलकै नमुना सङ्घ भएको दाबी गर्दै अन्य जिल्लाहरूले  समेत कास्कीको सङ्घले गरेको गतिविधिलाई अनुसरण गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य गजिन्द्रप्रकाश मल्ल, महासङ्घका युवा केन्द्रीय सदस्य निकोलस पाण्डे, नीतिगत उपसचिव वासुदेव उप्रेतीले महासङ्घका गतिविधिबारे जानकारी गराएका थिए। त्यस्तै, नेपाली काङ्ग्रेस कास्कीका सभापति यज्ञबहादुर थापाले प्रेस स्वतन्त्रता र आर्थिक विकास बिना लोकतन्त्र बलियो हुन नसक्ने दाबी गरे।

कार्यक्रममा स्वतन्त्र पत्रकार सङ्घ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला, नेकपा-माओवादीका जिल्ला इन्चार्ज सावित्री दुरा, नेकपा एमालेका टेकबहादुर गुरुङ, राष्ट्रिय जनमोर्चाका शंकर बराल, राप्रपाका नन्दबहादुर गुरुङ, महासङ्घका ओमप्रसाद गौतम, सङ्घका पूर्व अध्यक्ष चिरञ्जीवी पोख्रेल, निर्माण व्यवसायी सङ्घ मुस्ताङका अध्यक्ष हरिनारायण गौचन, तनहूँका अध्यक्ष कृष्णनारायण श्रेष्ठ तथा सम्मानित अग्रज निर्माण व्यवसायीद्वय चन्द्राकुमार पन्नाचन र नरहरि तिमिल्सिना एवं विद्यार्थीद्वय शरद बराल र सदिप्ता ढङ्गानालगायतले बोलेका थिए।

कार्यक्रममा नेपाल शालिमार सिमेन्ट प्रालिका जीवन अग्रवाल, कम्पनीका मार्केटिङ अफिसर माधव गौतमले सो कम्पनीको सेवा बारे जानकारी दिएका थिए।

सङ्घका अध्यक्ष राजेन्द्र पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भावी कार्यक्रमसहितको प्रगति प्रतिवेदन सचिव प्रकाशमोहन खनालले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष विवेक गौतमले प्रस्तुत गरेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष क्रृषिराम गौतमले व्यक्त गरेका थिए भने सचिव खनालले कार्यक्रम सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता