आन्दोलनबाटै सरकार ढाल्ने विपक्षी दलको चेतावनी

काठमाडौं, ६ माघ। काङ्ग्रेस, एमालेलगायतका विपक्षी दलहरूले आन्दोलनको बलबाटै सरकार परिवर्तन गर्ने दाबी गरेका छन्।

युद्धकालमा माओवादी कार्यकर्ताले हत्या गरेका पत्रकार डेकेन्द्र थापाका हत्यारामाथि कानुनी कारबाही गराउन दबाब दिने भन्दै दैलेख सदरमुकामबाट सुरु गरेको आन्दोलनलाई विपक्षी दलले तेस्रो जनआन्दोलनको समेत संज्ञा दिएका छन्। दलहरूको आन्दोलनका क्रममा शनिबारबाट विपक्षी दलले आन्दोलन सुरु गरेको हो।

विरोधसभामा एमाले उपाध्यक्ष बामदेव गौतमले निरड्ढुश बन्दै सरकारले देशमा दण्डहीनतालाई पनि पश्रय दिएको आरोप लगाए। उपाध्यक्ष गौतमले आन्दोलनले बाबुराम सरकारलाई हटाएर संविधानसभा चुनाव हुने वातावरण सिर्जना गर्ने दाबी गरे। उनले लोकतन्त्र, मानवअधिकार र विधिको शासनको पक्षमा दैलेखी जनताले देखाएको सक्रियतालाई साथ दिन आफूहरूले सरकार विरोधी आन्दोलन दैलेखबाटै सुरु गरेको बताए। सभामा बोल्दै काङ्ग्रेस नेता डा. रामशरण महतले एकीकृत माओवादीका नेताहरू दाहाल र बाबुराम भट्टराई नया तानाशाह भएको आरोप लगाउँदै आफूहरूको आन्दोलनले देशमा लोकतन्त्र संस्थागत गर्न सफलता प्राप्त गर्ने बताए।

विरोध सभामा बोल्ने अन्य दलका प्रतिनिधिहरूले पत्रकार डेकेन्द्र थापाका हत्याराहरूलाई कानुनी कारबाहीको कठघराबाट उम्काउने सरकारी प्रयासको निन्दा गरेका थिए। सभामा डेकेन्द्र पत्नी लक्ष्मी थापाले भने पतिलाई शहीद घोषणा गर्न विपक्षी दलहरूले सहयोग गर्ने आशा व्यक्त गरिन्।

- अादर्श समाज सम्वाददाता