लेखनाथ जेसीजको पदस्थापन

लेखनाथ, ६ माघ। लेखनाथ जेसीज वर्ष २०१३ का पदाधिकारीको पदस्थापन शनिबार गरिएको छ।

सो अवसरमा वर्ष २०१२ का अध्यक्ष विवेकलाल श्रेष्ठले वर्ष २०१३ का अध्यक्ष नगेन्द्रराज बराललाई पद तथा गोपनीयताको सपथ खुवाएका थिए बरालले नयाँ कार्यसमितिका पदाधिकारीलाई सामूहिकरूपमा सपथ ग्रहण गराएका थिए।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल जेसीजका केन्द्रीय कार्यकारिणी उपाध्यक्ष निशान्त आचार्यले देश निर्माण र दक्ष जनशक्ति तयार गर्नका लागि जेसीजले राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने सोचमा रहेको धारणा राखे।

कार्यक्रममा लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता संस्थाका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुमन भट्टराई, रोटरी क्लब अफ लेखनाथका अध्यक्ष राजेश भट्टराई, नेपाल जेसीजका केन्द्रीय सदस्य रवीन्द्र गुरुङ, पोखरा जेसीजका अध्यक्ष किशोर थापा, पोखरा लेडी जेसीजका अध्यक्ष बसन्त केसी, लेखनाथ जेसीजका निवर्तमान सचिव चित्र भट्टराई र कार्यक्रम संयोजक कृष्ण गुरुङ, अध्यक्ष नवीनप्रसाद बास्तोला, पूर्व अध्यक्ष ऋषिराम जमरमट्टेल, सुरजजंग राणा, शेखरनाथ शर्मा, लक्ष्मीप्रसाद त्रिपाठी, एलके शर्मा, व्यास जेसीजका अनिल श्रेष्ठ, शुक्ला गण्डकी जेसीजका भीमप्रसाद सुवेदी, जुनियर जेसीजका राजन परियार, विक्रम जमरकट्टेल, नेपाली काङ्ग्रेस लेखनाथ नगर समितिका सभापति राजेन्द्रमणि लामिछाने र राप्रपाका नन्दबहादुर गुरुङले आ-आफ्ना धारणा व्यक्त गरेका थिए।

सोहि अवसरमा दिननाथ अवार्डबाट जेसीजका विनोदप्रसाद लामिछाने र अमृता सम्मेलन अवार्डबाट जेसीज बाहिरका सन्तोष गुरुङलाई सम्मान गरिएको थियो।

- अादर्श समाज सम्वाददाता