उत्तर दक्षिण हुने गरी पाँच प्रदेशको सङ्घीयता आवश्यक : गुरुङ

पोखरा, ६ माघ। त्रिभुवन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डा. गणेशमान गुरुङले मुलुकलाई सङ्घीयतामा लैजान आवश्यक रहेको बताउँदै बढीमा पाँचवटा मात्र राज्य बनाउन सुझाव दिएका छन्।

पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी क्याम्पसले आयोजना गरेको ‘२१ औं शताब्दीको उच्च शिक्षा तथा सङ्घीय शिक्षा’ विषयक गोष्ठीको उद्घाटन गर्दै गुरुङले मुलुकलाई बचाउन उत्तर दक्षिण हुने गरी ठाडो रेखाड्ढन हुने गरी सङ्घीयतामा जानुपर्ने बताए।

उनले नेपालीहरूबीच एकता र सद्भाव कायमै राख्न बुद्धिजीवी वर्गले निरन्तर कलम चलाउनुपर्ने धारणा राखे।

गोष्ठीमा २१ औं शताब्दीको उच्च शिक्षाको विषयमा प्राध्यापक टड्ढनाथ शर्मा र सङ्घीय शिक्षाको विषयमा डा. विश्वकल्याण पराजुलीले कार्यपत्र प्रस्तुत गरेका थिए।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ अधिकारी प्यासीको अध्यक्षतामा भएको कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका प्रमुख गेहेन्द्रेश्वर कोइराला, इन्जिनियरिङ क्याम्पसका प्रमुख कृष्णराज अधिकारी, विन्ध्यवासिनी क्याम्पसका प्रमुख नरहरि भट्टराई र ताराप्रसाद तिमिल्सिनालगायतले सङ्घीय शिक्षा विषयमा आ-आफ्ना धारणा व्यक्त गरेका थिए।

- अादर्श समाज सम्वाददाता