पुस्तक तथा स्टेशनरी व्यवसायीको सातौं अधिवेशन परीक्षामुखी पाठ्य सामग्रीको बिक्री वितरण रोक्न आग्रह

पोखरा, ६ माघ। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ कास्कीको सातौं अधिवेशन शनिबार उद्घाटन भएको छ।

अधिवेशनको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक विष्णुबहादुर द्वारेले विद्यार्थीलाई लक्षित गरी प्रकाशनमा आएका परिक्षामुखी पाठ्य सामग्रीले विद्यार्थीको अध्ययन क्षमतामा कमी ल्याउने भएकाले यस प्रकारका पुस्तकको बिक्री वितरणलाई रोक्नुपर्ने धारणा राखे।

विद्यार्थीको ज्ञान र क्षमता वृद्धि गर्ने सामग्रीलाई जोड दिई परीक्षामुखी गेसपेपर तथा गाइडको प्रयोगलाई पूर्णरूपले हटाउन सरकारका तर्फबाट पुस्तक नीति ल्याउने तयारी भइरहेकाले आगामी दिनमा व्यवसायीले पनि यस कार्यको पालना गर्नुपर्ने सुझाव दिए।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष रुघुनाथ महर्जनले व्यवसायी एकता र पाठ्यपुस्तकमा हुने मूल्यलाई एकरूपता दिनका लागि नेपालभरिका व्यवसायी स·ठित भई अघि बढ्नुपर्नेमा जोड दिए।

महासङ्घका निवर्तमान अध्यक्ष धनराज आचार्यले सरकार व्यवसायीबीचको सहकार्यबाट आगामी शौक्षिक सत्रदेखि नयाँ पुस्तक नीति ल्याउने तयारी भइरहेको जानकारी दिए। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ कास्कीका अध्यक्ष ऋषिराम भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कास्कीका जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुषाल, महासङ्घका महासचिव नवदीप पन्त, सचिव नवराज ढकाल, सदस्य नवराज बजगार्इं, मध्यमाञ्चल प्रतिनिधि पुष्पराज पौडेल, सल्लाहकारहरू प्रेमबहादुर श्रेष्ठ र गोपाल ध्वजू, रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठ, बार एशोसिएसन कास्कीका पूर्व अध्यक्ष जगन्नाथ ढकाल, प्याब्सन कास्कीका अध्यक्ष निदेशप्रसाद कोइराला, उपभोक्ता महासङ्घ कास्कीका अध्यक्ष कपिलनाथ कोइराला, एन-प्याब्सन कास्कीका सचिव केशवशरण उपाध्याय, सम्मानित व्यक्तित्व इश्वर पौडेल र वस्तुगत सङ्घको तर्फबाट रनबहादुर विकलगायतले आ-आफ्ना धारणा राखेका थिए।

सोही अवसरमा लामो समयदेखि व्यवसाय गर्दै आएका अग्रज व्यवसायी खेम बोहरा, देवकृष्ण काफ्ले,र्र् इश्वर पौडेल र राजकुमार मानन्धरलाई सम्मान गरिएको थियो।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ कास्कीबाट सेती बाढी पीडितको सहयोगका लागि १० हजार रुपैयाँ रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो भने पत्रकार महासङ्घ कास्कीको भवन निर्माणका लागि पाँच हजार रुपैयाँ पत्रकार गुप्तप्रसाद शर्मालाई प्रदान गरिएको थियो। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ कास्कीका सचिव अर्जुन पोख्रेलले सञ्चालन गरेको सो कार्यक्रममा निवर्तमान अध्यक्ष देवकृष्ण काफ्लेले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

- अादर्श समाज सम्वाददाता