मिस्त्रीहरूलाई सीप विकास तालिम

पोखरा, ६ माघ। गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसनसँग आबद्ध पोखराका मेकानिकल मिस्त्रीहरूको सीप विकास गराउने उद्देश्यले पोखरामा सञ्चालित दुर्इ दिने सीप विकास तालिम शनिबार सम्पन्न भएको छ।

इन्जिन सञ्चालन प्रक्रिया, इन्धनको कार्यक्षमता वृद्धि तथा प्रदुषण कम गराउन, माइलेज बढाउन र दक्ष मिस्त्री बनाउने उद्देश्यले पोखरा उद्योग वाणिज्य सङ्घ र गण्डकी अटो मेकानिल वर्क्स एशोसिएसन पोखराको संयुक्त आयोजनामा तालिम सम्पन्न भएको एशोसिएसनका अध्यक्ष कुलबहादुर नेपालीले जानकारी दिए।

तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै एशोसिएसनका अध्यक्ष महेश बज्राचार्यले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गरे।

पोखरामा कार्यरत ६५ जना मेकानिकल मिस्त्रीहरूको सहभागिता रहेको तालिममा प्रशिक्षक मेकानिकल इन्जिनियर धर्म महर्जनले सहजीकरण गरेका थिए। पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सञ्जीवबहादुर कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा एशोसिएसनका अध्यक्ष कुलबहादुर नेपाली, पोखरा उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष विन्दुकुमार थापा, महासचिव नारायण कोइराला, सहभागीका तर्फबाट देवेन्द्र अधिकारी, कार्यक्रम संयोजक चन्द्रप्रसाद अधिकारीलगायतले आ-आफ्ना धारणा व्यक्त गरेका थिए।

- अादर्श समाज सम्वाददाता