युवाको लागि सीप विकास मेला सुरु

पोखरा, ५ माघ। रोजगार कोषको सचिबालय हेल्भेटास स्विर्स इन्टर को-अपरेशन नेपाल र पोखरा उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा शुक्रबारदेखि पोखरामा युवाको लागि सीप विकास मेला सुरु भएको छ।

पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने दुर्इदिने क्षेत्रीय मेलामा आर्थिकरूपमा कमजोर रहेका करिब तीन हजार युवालाई निःशुल्क तालिम दिइने आयोजकले जनाएको छ।

रोजगार कोषअन्तर्गत तालिम लिएका, प्रशिक्षक प्रशिक्षण तालिम लिएका अनुभवी प्रशिक्षकले तालिम दिनेछन्। मेलामा युवाहरूको सीप वृत्ति विकाससम्बन्धी परामर्श समेत दिइने बताइएको छ।

ताालिममा मासिक तीन हजार भन्दा कम आम्दानी भएका आर्थिक रूपमा कमजोर १६ देखि ३५ वर्षका पुरुष र १६ देखि ४० वर्ष सम्मका महिला, कक्षा १० भन्दा कम अध्ययन गरेका पुरुष र १२ कक्षा पास नगरेका महिलालाई सहभागी गराइने रोजगार कोषले जनाएको छ।

मेलामा विशेष गरी युवाहरूलाई लक्षित गरी निःशुल्क व्यवसायिक तालिम प्रदान गरिने रोजगार कोषको सचिवालयका सञ्चार अधिकृत कोमल भट्टले जानकारी दिए।

पश्चिमाञ्चलका युवाहरूलाई लक्षित गरिएको मेलामा करिब तीन हजार बढी युवालाई विभिन्न सीप मुलक तालिम दिइने छ। मेलामा ११ वटा इन्स्टिच्युटसहित २० वटा विभिन्न सङ्घसंस्थाको सहभागिता रहेको छ।

पश्चिमाञ्चलका कास्की, लम्जुङ, तनहूँ, स्याङजा, गोरखा, पर्वत, बागलुङ, म्याग्दी, पाल्पा, गुल्मी, अर्घााा’ची, रूपन्देही, कपिलवस्तुमा गरी दुर्इ हजार नौ सय २० जनालाई सीपमूलक तालिम कार्यक्रममा सहभागी रहेका छन। मेलामा एक हजार सात सय ६३ पुरुष र एक हजार एक सय ५० महिलालाई उक्त तालिम दिइने लक्ष्य रहेको छ।

पोखरामै पहिलोपटक सुरु भएको मेलामा यसअघि विभिन्न सीपमूलक तालिम लिएका व्यक्तिले उत्पादन गरेका वस्तुको समेत प्रदर्शन गरिएको छ। यस्तै मेला सुदूरपश्चिमको धनगढीमा भने माघ ९ र १० गते हुने कोषले जनाएको छ।

- अादर्श समाज सम्वाददाता