नाट्टा क्षेत्रीय सङ्घ पोखराको १८ औं वाषिर्क साधारणसभा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्नेमा जोड

ढिकुरपोखरी, ५ माघ। नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) क्षेत्रीय सङ्घ पोखराको १८ औँ वाषिर्क साधारणसभा शुक्रबार ढिकुरपोखरीमा सम्पन्न भयो।

सो अवसरमा नाट्टा केन्द्रीय सङ्घका अध्यक्ष पवित्रकुमार कार्कीले देशको सङ्क्रमणकालीन परिस्थति र यसबाट देशको मेरुदण्डको रूपमा रहेको पर्यटन उद्योग एवं समग्र अर्थतन्त्रमा पारेको असर, राजनीतिक उतारचढाव र अस्वस्थ प्रतिस्पर्धाले पर्यटन व्यवसाय ओझेलमा परे पनि प्रतिकूलताभित्र अनुकूलता खोज्दै पर्यटन व्यवसायी आÇनो व्यवसायमा लाग्न सक्नुपर्नेमा जोड दिएका थिए।

विदेशी पर्यटकको मात्रै आशा नगरी आन्तरिक पर्यटन प्रबर्द्धन गर्नुपर्ने उनको भनाइ थियो।

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य टीकाराम सापकोटाले पोखराको पर्यटन प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक बनिसकेको स्पष्ट पारेका थिए।

पोखरा पर्यटन परिषदका अध्यक्ष सूर्यबहादुर भुजेलले पर्यटन व्यवसाय खस्कदै जाँदा व्यवसायीको चुल्हो -खानपिन) मा प्रत्यक्ष असर पर्ने भन्दै व्यवसायी व्यवसायिकता भन्दा  सामाजिकतातर्फ उन्मुख हुँदै गएको बताए।

नाट्टा क्षेत्रीय पूर्व अध्यक्ष बासुदेव त्रिपाठीले गर्भवती महिलाले बच्चा ढिलो चाँडो जन्माउने निश्चित भएजस्तै पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने कुरा चलेकाले  ढिलो चाँडो बनिछाड्ने भन्दै नाट्टा क्षेत्रीय सङ्घ पोखराको प्रगति एवं व्यवसायिक दायरा बढाउँदै लगेकोमा खुशी व्यक्त गरे।

कार्यक्रममा सङ्घ महासचिव डिल्लीप्रसाद गौतमद्वारा वाषिर्क प्रगति प्रतिवेदन प्रस्तुत गरियो। कोषाध्यक्ष झवि अधिकारीद्वारा क्षेत्रीय सङ्घमा एक सय १३ जना प्रतिनिधि आवद्घ रहेकोमा एकजना बराबर तीन हजार सदस्यता शुल्कले रु. तीन लाख ३९ हजार वाषिर्क आम्दानी रहेको जसमार्फत कार्यालय व्यवस्थापन एवं सञ्चालन गर्ने गरेको र अन्य विषय र सन्दर्भअनुसार रकम जुटाउँदै कार्य सञ्चालन गरिँदै आएको स्पष्ट पारेका थिए। महासचिव डिल्लीप्रसाद गौतमद्वारा सञ्चालित कार्यक्रम सङ्घका अध्यक्ष केदारनाथ शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो।

- अादर्श समाज सम्वाददाता