स्याङ्जा जिल्ला लिगको उपाधि टि्रनिटी वालिङलाई

वालिङ, ५ माघ। स्याङ्जा जिल्ला फुटबल सङ्घको आयोजनामा स्याङ्जाको मालेबगरमा सम्पन्न जिल्ला लिग फुटबलको उपाधि टि्रनिटी क्लब वालिङले जितेको छ।

इनर्जेटिक युवा क्लब स्याङ्जा र टि्रनिटी क्लब वालिङबीच म·लबार भएको फाइनल खेलमा टि्रनिटी वालिङले इनर्जेटिक स्याङ्जालाई २-० को गोल अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो।

फाइनल खेलमा टि्रनिटीका क्षितिज जिटीले खेलको पहिलो हाफको १७  मिनेटमा एक गोल गरेका थिए भने दोस्रो हाफको ३९ मिनेटमा सन्तोष खाँणले अर्को गोल थपेका थिए।

योसँगै इनर्जेटिक क्लब स्याङ्जा लिगको उपविजेता बन्न पुगेको छ। खेलको समापन समारोहमा बोल्दै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेलले खेलले युवाहरूको शारीरिक, मानसिक र संवेगात्मक क्षेत्रमा विकास पुर्‍याउने चर्चा गरे।

समापन समारोहमा एन्फा केन्द्रीय सहमहासचिव दीपक लम्साल, नेपाली काङ्ग्रेसका महासमिति सदस्य राजु थापा, एमाले केन्द्रीय प्रतिनिधि परिषद सदस्य नारायण मरासिनीलगायतले खेल क्षेत्रको विकासले देशलाई नै चिनाउने भए पनि राज्यले त्यस क्षेत्रको विकासका लागि खासै ध्यान दिन नसकेको आरोप लगाएका थिए।

स्याङ्जा जिल्ला फुटबल सङ्घका प्रवक्ता भीम पंगेनीको स्वागतसँगै सुरु भएको समापन समारोह अध्यक्ष एलबी ज्वारचनको अध्यक्षतामा भएको थियो भने सञ्चालन मेघनाथ भण्डारीले गरेका थिए।

- अादर्श समाज सम्वाददाता