एमाओवादीको दोसो जिल्ला सम्मेलन वालिङमा सुरु भट्टराईले राजीनामा दिए देश अराजकतातर्फ धकेलिन्छ : पोखरेल

वालिङ, ५ माघ। एकीकृत नेकपा माओवादीका पश्चिम ब्यूरो प्रमुख तथा केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य लीलामणि पोखरेलले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा दिए देश पुनः अराजकतातर्फ धकेलिने बताएका छन्।

‘देशमा राजनीतिक शुन्यता बढ्दै गएको छ’-नेता पोखरेलले भने-’प्रधानमन्त्री भट्टराईले राजीनामा दिएमा शून्यता अझै बढ्छ त्यसैले राजनीतिक सहमतिबिना भट्टराईले राजीनामा दिन हुँदैन।’

शुक्रबार स्याङ्जाको वालिङमा एकीकृत नेकपा माओवादी स्याङ्जाको दोस्रो जिल्ला सम्मेलनलाई उद्घाटन गर्दै पोखरेलले भने-’काङ्ग्रेस र एमालले देशमा राजनीतिक सड्ढट निम्त्याएर २००७ देखि २०१७ सालसम्मको इतिहास दोहोर्‍याउन खोजेका छन्।’

नेता पोखरेलले साम्राज्यवादी तथा विस्तारबादी हस्तक्षेपका कारण मुलुकमा थप सड्ढट गहिरिएको बताउँदै उनले जनताका माग पूरा नभएसम्म क्रान्ति नरोकिने बताए। उनले जनताको हक अधिकार सुनिश्चित गराउने र परिवर्तन गर्ने एक माात्र बिकल्प क्रान्ति भएको दाबी गरे।

कार्यक्रममा सम्मेलन आयोजक समितिका सदस्य हरि अधिकारीले फुटेर बनेको नेकपा-माओवादी चुनावमा गए माले र चुनावमा नगए मोहनविक्रम सिंह भएर सकिने दाबी गरेे। उनले वैद्य पक्षलाई आत्मआलोचना गरेर पुरानै पार्टीका र्फकन समेत आग्रह गरेका थिए।त्यस्तै मगर राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष दीपक चर्तिमगर, तमुवान राज्य सम्मेलन आयोजक समिति सदस्य शोभाखर ढकाल, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीका केन्द्रीय सदस्य कल्पना अर्याल, शहीद परिवार समाज स्याङ्जाका अध्यक्ष डिल्लीराम रिजाल लगायतले शहीदको सपना सकार पार्नका लागि फुटेर होइन जुटेर लाग्नुपर्ने कुरामा जोड दिएका थिए।

२०४७ सालमा पहिलो सम्मेलन भएको पार्टीको २१ वर्षपछि भएको दोस्रो सम्मेलनमा दुर्इ नगरपालिका र ६० गाउ“ विकास समितिका दुर्इ सय २० प्रतिनिधि, ३० पर्यवेक्षक, एक सय एक आयोजक सदस्य र सल्लाहकार गरी चार सय दुर्इ जनाको सहभागिता रहेको छ।

शनिबारसम्म चल्ने सम्मेलनले माघ २० गतेदेखि मकवानपुरको हेटौंडामा हुने एकताको सातौं राष्ट्रिय सम्मेलनका लागि १५ जना प्रतिनिधि र दुर्इ जना पर्यवेक्षक छनौट गर्नेछ।

जिल्ला सम्मेलन आयोजक समिति संयोजक पारसमणि पौडेलको अध्यक्षतामा सम्पन्न सम्मेलनको उद्घाटन सत्रको सञ्चालन सदस्य ताराप्रसाद भुषालले गरेका थिए।

- अादर्श समाज सम्वाददाता