‘होस गरौं’ भूकम्प विशेष नाटक प्रदर्शन

पोखरा, ५ माघ। विश्वमै भूकम्पीय जोखिमको दृष्टिकोणबाट हेर्दा नेपाल ११ औँ स्थानमा पर्दछ। यसर्थमा पनि नेपालमा भवन भूकम्प प्रतिरोधात्मक बनाउनुपर्ने जरूरता देखिन्छ।

भूकम्प प्रतिरोधी भवन निर्माणका साथसाथै भूकम्पीय जोखिमबाट बच्नेउपाय सम्बन्धमा एक्सनएड नेपाल र प्रक्टिकल एक्सनको कास्की स्थित साझेदार संस्थाहरू सिर्द्धार्थ क्लब र कम्युनिटी सपोर्ट ग्रुपद्वारा संयुक्त रूपमा सञ्चालीत विवाद उत्थानशील समुदाय निर्माण परियोजना र हाम्रो गन्तव्य समूहले १५औँ भूकम्प सुरक्षा दिवसको अवसरमा माघ ११ सम्म विवध कार्यक्रम गर्ने भएको छन्।

सोही अनूरूप पोखरा ४ गैह्रापाटनमा अवस्थित नवीन उच्च माविमा भूकम्प विशेष ‘होस गरौं’ नामक सडक नाटक प्रदर्शन गरिएको छ।

त्यस्तै पोखरा-२ मा अवस्थित विन्ध्यवासिनी उच्चा माविमा समेत सोहि नाटक प्रदर्शन गरिएको छ।

हाम्रो गन्तव्य समूहका संरक्षक लक्ष्मण तिमिल्सिनाको निदेशनमा तयार पारिएको नाटकमा कलाकारहरू सध्या अधिकारी, सरोज अधिकारी, टीकाराम रेग्मी, विष्णु कुँवर, कुमारी सुनार, अमृता सिके, शिला थापालगायतले अभिनय गरेका थिए।

कर्यक्रमको अन्त्यमा हाजिरीजवाफ प्रतियोगिता समेत गरिएकोमा कक्षा १० का लक्ष्मण विक, कक्षा ६ की सरिता केसी, कक्षा ८ का सगुन कार्की, पर्वत भूजेल र कक्षा ५ की सलिना भूजेल विजयी भएका थिए। विजयी विद्यार्थीलाई विद्यालयका प्रअ बसन्तराज पाण्डेले पुरस्कार वितरण गरेका थिए। कार्यक्रममा सिर्द्धार्थ क्लबका सामुदायिक परिचालक कपिल भुषाल, लक्ष्मण तिमिल्सिनालगायतले मन्तव्य राखेका थिए।

- अादर्श समाज सम्वाददाता