३३ एसएसपीको सरुवा, गण्डकीमा भण्डारी

काठमाडौं, ४ माघ। गृह मन्त्रालयले बिहीबार ३३ जना वरिष्ठ प्रहरी उपरीक्षकको सरुवा गरेको छ। १४ अञ्चलका प्रहरी प्रमुखसँग अन्य दरबन्दीमा रहेका एसएसपीको सरुवा गरिएको हो।

जसअन्तर्गत मेचीमा केशरीराज घिमिरे, कोशीमा यादवराज खनाल, सगरमाथामा भोगबहादुर थापा, बागमतीमा रमेशप्रसाद खरेल, नारायणीमा सवेन्द्र खनाल, गण्डकीमा केदारमानसिंह भण्डारी, धौलागिरिमा मिलन बस्नेत, लुम्बिनीमा मिङमार लामा, कर्णालीमा गणेशबहादुर गुरुङ, राप्तीमा उत्तमबहादुर सिंह, भेरीमा मधुप्रसाद पुडासैनी, सेतीमा लव विष्ट र महाकाली अञ्चल प्रहरी प्रमुखमा छविलाल जोशीलाई पठाइने छ।

त्यस्तै, रणबहादुर चन्दलाई महानगरीय प्रहरी परिसर काठमाडौं, विजयलाल कायस्थलाई महानगरीय प्रहरी अपराध महाशाखा, सुबोध घिमिरेलाई लागुऔषध नियन्त्रण ब्यूरो, हेमन्तबहादुर पाललाई महानगरी आयुक्तको कार्यालय, रमेशप्रसाद फुयाँललाई त्रिभुवन विमानस्थल, गोविन्दप्रसाद निरौलालाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, माधवप्रसाद जोशीलाई महानगरीय ट्राफिक महाशाखा, पशुपति उपाध्यायलाई प्रहरी कल्याण शाखा र पड्ढज श्रेष्ठलाई प्रहरी प्रधान कार्यालय प्रशासन शाखामा सरुवा गरिएको छ।

त्यसैगरी, लक्ष्मण न्यौपाने प्रधान र्कायालय, रमेन्द्रसिंह देउजा जगेडा पुल, घनान्द भट्ट प्रहरी युक्ति तालिम महाविद्यालय, माधवप्रसाद नेपाल कार्य महाशाखा, विजय भट्ट आन्तरिक प्रशासन महाशाखा, देवेन्द्र सुवेदी यूएन शाखा, रविराज श्रेष्ठ (निलम्बन) जगेडापुल, ज्ञानोदयराज वैद्यप्रधान कार्यालय, रमेशकुमार पाण्डे महानगरी आयुक्त कार्यालय र सुभाषचन्द्र चौधरी सुरक्षा महाशाखामा सरुवा गरिएका छन्।

- अादर्श समाज सम्वाददाता