सत्तारूढ गठबन्धन पनि देशव्यापी जनपरिचालनमा जाने

काठमाडौं, ४ माघ। सत्तारूढ दलहरूको मोर्चा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले यही माघ १७ गते राजधानीमा जनप्रदर्शनसहित आमसभा गर्ने भएको छ।

सरकारविरुद्ध आन्दोलनमा जाने विपक्षी दलहरूको निर्णय लगतै सत्तारूढ गठबन्धनले पनि जनपरिचालनका कार्यक्रम सार्वजनिक गरेको जनाइएको छ।

सत्तारूढ गठबन्धनको सचिवालयको बिहीबार बिहान बसेको बैठकले विपक्षीहरू सहमतिभन्दा पनि सरकारका लागि मात्रै केन्द्रित भई राष्ट्रिय सहमतिका लागि तयार नदेखिएकाले जनतालाई वास्तविक कुराको जानकारी गराउँन जनजागरण सभा गर्न लागिएको गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए। यस्तै गठबन्धनले सत्तारूढ दलहरूको मोर्चालाई जिल्ला तहमा पनि विस्तार गर्ने निर्णय गरेको छ। त्यसको संयोजन भने एकीकृत माओवादीले गर्ने प्रवक्ता सिहंले बताए।

निर्वाचनलाई केन्द्र बिन्दु बनाएर दलहरूबीच हुने जस्तोसुकै सहमति गठबन्धनले स्वीकार गर्ने पनि बैठकपछि प्रवक्ता सिंहले जानकारी दिए। यसअघि गत म·लबार बसेको गठबन्धनको बैठकले एक साताभित्र पनि दलहरूबीच सहमति नभए संविधानसभा पुनस्र्थापनाको मुद्दा चर्काउने निर्णय गरेको थियो।

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल संयोजक रहेको यस गठबन्धनमा सत्तारूढ दलहरू र सरकारलाई समर्थन गर्ने दलहरूको सहभागिता रहेको छ।

- अादर्श समाज सम्वाददाता