फ्रेण्ड्स र आर्मी विजयी

पोखरा, ४ माघ। फ्रेण्ड्स क्लब र त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी सर्वाधिक पुरस्कार राशिको रेडबुल एक डिभिजन लिग फुटबल प्रतियोगिताको १४ औं खेलमा जीत हात पारेका छन्।

बिहीबार भएको पहिलो खेलमा बाँसबारी क्लबलाई २-० ले पराजित गर्दै फ्रेण्ड्सले सपर लिग खेल्ने करिब-करिब निश्चित गरेको छ।

फ्रेण्ड्सको जीतमा दोस्रो हाफको ११ मिनेटमा डोडोजले तथा २९ मिनेटमा उमरले एक-एक गोल गरेका थिए। जीतसँगै १४ खेलमा २४ अड्ढ जोड्दै सातौं स्थानमा उक्लिएको छ।

दोस्रो खेलमा रेलिगेशनमा परिसकेको बौद्ध एफसीलाई २-० ले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले पनि सुपर लिग खेल्ने निश्चित गरेको छ।

आर्मीको जीतमा खेल सुरु भएको १५ मिनेटमा राजु तामाङले तथा निर्धारित खेल सकिन १० मिनेट बाँकी छँदा नवयुग श्रेष्ठले एक-एक गोल गरेका थिए।८९ मिनेटमा आर्मीलाई प्राप्त पेनाल्टीमा भरत खवास चुके। जीतसँगै २५ अड्ढ जोडेको आर्मी फ्रेण्ड्सभन्दा एक स्थानमाथि उक्लिएको छ। यो हारसँगै १४ खेलमा मात्र छ अड्ढ जोडेको बाँसबारी क्लब पनि बी डिभिजनमा झर्ने निश्चित भएको छ।एक अड्ढ मात्र जोडेको बौद्ध यसअघि नै बी डिभिजनमा झरिसकेको छ।

शुक्रबार रेलिगेशनको दबाबमा परेका जावलाखेल र मध्यपुर युथ एशोसिएसनबीच पहिलो तथा थ्रीस्टार क्लब र संकटा क्लबबीच दोस्रो खेल हुनेछ।जीतको खोजीमा रहेको मध्यपुरले पहिलो खेल हारे रेलिगेशनमा पर्ने तेस्रो टीम बन्नेछ।

- अादर्श समाज सम्वाददाता