लियो पिस चौतारीद्वारा कम्प्युटर हस्तान्तरण

पोखरा, ४ माघ। लियो क्लब अफ पोखरा पिस चौतारीले लायनवादका संस्थापक मेल्भिन जोन्सको जन्मोत्सव पारेर स्याङ्जा जिल्लाको दुर्गम मालुङ्गा गाविसमा अवस्थित प्रतिभा प्राविमा तीन थान कम्प्युटर हस्तान्तरण गरेको छ।

विद्यालय प्रा·णमा आयोजित एक कार्यक्रमबीच उक्त कम्प्युटर क्लबका अध्यक्ष रुद्रबहादुर केसीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवदत्त पाण्डेलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष रुद्रबहादुर केसीले विद्यालयमा अध्ययनरत कलिला भाइबहिनी पनि  प्रविधिसँग परिचित होउन् भन्ने उद्देश्यले क्लबका साथीहरूको पकेट खर्च कटाएर कम्प्युटर सहयोग गरिएकोले तिनीहरूको उचित सदुपयोग हुनुपर्नेकुरामा जोड दिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवदत्त पाण्डेले युवाहरूको सहयोग उदाहरणीय रहेको बताए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भुपती भण्डारी, शिक्षक अभिभावक सङ्घका अध्यक्ष लक्ष्मण तिवारी, समाजसेवी टंक पाण्डे, क्लबका कोषाध्यक्ष अर्जुन ज्ञवाली, निर्देशक कुशराज तिमिल्सिना, पूर्व अध्यक्ष दिनदयाल भण्डारीलगायतले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको सञ्चालन क्लबका प्रथम उपाध्यक्ष  रविन्द्र पौडेलले गरेका थिए।

- अादर्श समाज सम्वाददाता