फेवा फाइनान्सबाट सुनचाँदी कर्जा र लकर सुविधा

पोखरा, ४ माघ। फेवा फाइनान्स लि. केन्द्रीय कार्यालय चिप्लेढुङ्गा पोखराले पोखराबाट सुनचाँदी कर्जा र लकर सुविधा सञ्चालनमा ल्याएको छ।

२०६० साल वैशाखदेखि सञ्चालनमा आएको सो संस्थाले ग्राहकको परिवर्तित चाहनाबमोजिम वित्तीय सेवालाई विविधिकरण र विशिष्टिकरण गर्दै आइरहेको छ।

भविष्यमा पनि यस प्रकारको सेवा र सुविधा अन्य शाखाबाट पनि सञ्चालन गरिने प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा बताउँछन्।

संस्थाले आफ्नै एटिएमबाट निःशुल्क एविविएस र एसएमएसजस्ता आधुनिक प्रविधिमार्फत सेवा प्रदान गर्नुका साथै सन्ध्याकालीन सेवा तथा ३६५ दिने बैकि· सेवा प्रदान गर्दै आइरहेको छ।

संस्थाले हाल केन्द्रीय कार्यालय चिप्लेढुङ्गा पोखरासहित पोखराको बगर, अमरसिंह, बिरौटा, काठमाडौंको खिचापोखरी र महाराजगञ्ज, ललितपुरको पाटन, मुस्ताङको जोमसोम, चितवनको भरतपुर, पाँचथरको फिदिम, झापाको दमक, रूपन्देहीको बुटवल, गुल्मीको तम्घासबाट आधुनिक बैकि· सेवा प्रदान गर्दै आइरहेको छ।

शुक्रबारदेखि तनहूँ जिल्लाको दमौली बजारबाट समेत बैड्ढङि कारोबार सञ्चालन गर्ने सो कम्पनीले जानकारी गराएको छ।

- अादर्श समाज सम्वाददाता