माघ ४, २०६९

मेषः सामान्य काममा धेरै खर्च, विश्वास गरेकाबाट धोका, खर्च बढ्ने छ।

बृषः आँटेका कार्यमा सफलता, मित्रको सहयोग, धनमान प्रतिष्ठा प्राप्त होला।

मिथुनः व्यापार व्यवसायमा प्रगति, परिवारमा आत्मियता, मातृसुख मिल्ला।

कर्कटः कला गलाको कार्यमा सफलता, चञ्चलपन रहने, सन्तान चिन्ता पर्ला।

सिंहः प्रतिस्पर्धात्मक कार्य गर्नुपर्ने, विवादले, काम व्यवहारमा ख्याल राख्नू।

कन्याः शुभ समाचार मिल्ला, दाम्पत्य सुख मिल्ला, यात्रामा सजिलो होला।

तुलाः बाध्यताका काम गर्नुपर्ने, विश्वास गरेकाबाट धोका, खर्च, तनाव बढ्ला।

वृश्चिकः यात्राको योग, कल्याणकारी कार्यमा खर्च, नयाँ व्यक्तिसँग भेट होला।

धनुः कर्म भाव खुलेको, उच्चस्तरिय व्यक्तिसँग भेट, व्यापारमा लाभ होला।

मकर : श्रीप्राप्तिको योग, आँटेको कार्यमा सफलता, बुद्धिको प्रशंसा हुने,

कुम्भः अस्थिरपन रहने, सामान्य काममा धेरै मेहनत, नोक्सान हुने योग छ।

मीनः राम्रो लगाउने मीठो खाने अवसर मिल्ला, आफन्तबीच घनिष्ठता बढ्ला।

- अादर्श समाज सम्वाददाता