डेकेन्द्र थापा हत्या प्रकरण अनुसन्धान नरोक्न सवोर्च्चद्वारा आदेश

काठमाडौं, २ माघ। सवोर्च्च अदालतले दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्नमाथिको अनुसन्धान नरोक्न म·लबार सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। सवोर्च्चले अनुसन्धान रोक्न पर्नुको लिखित कारण पेश गर्न पनि सवोर्च्चले निर्देशन दिएको छ।

सवोर्च्च अदालतका न्यायाधीश कल्याण श्रेष्ठको एकल इजालसले हत्यमा संलग्नमाथिको अनुसन्धान रोक्ने महान्यायाधिवक्ता कार्यालयको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।

सवोर्च्चले सत्यनिरुपण आयोग गठन नहुँदासम्म वर्तमान संवैधानिक व्यवस्थाअनुसार नै कारबही हुने ठहर गरेको छ। सवोर्च्चले महान्यायाधिवक्ता मुक्ति प्रधानले अनुसन्धान रोक्न प्रहरी प्रधान कार्यालयमा गरेको पत्राचार फौजदारी न्यायको आधारभूत सिद्धान्त विपरीत भएको सवोर्च्चको ठहर रहेको रजिष्टार हेमन्त रावलले जानकारी दिए।

महान्यायाधिवक्ताको लिखित निर्देशन संविधानविपरीत रहेकोले अनुसन्धान कार्यमा कुनै अवरोध नगर्न नगराउन जिल्ला सरकारी वकिलको कार्यालय दैलेख र जिल्ला प्रहरी कार्यालयलाई समेत निर्देशन दिएको रावलले बताए।

अनुसन्धान रोक्न सर्कुलर जारी गर्ने महान्यायाधिवक्ताको निर्देशन गैर संवैधानिक भएको भन्दै अभिवक्ता गोविन्द बन्दीले सवोर्च्चमा रिट दायर गरेका थिए। निवेदकका तर्फबाट चारजना पूर्व महान्यायाधीवक्ताले बहस गरेका थिए।

- अादर्श समाज सम्वाददाता