एनेकपा माओवादीको पाँचौं जिल्ला सम्मेलनको तयारी तीव्र

पोखरा, २ माघ। एकीकृत नेकपा माओवादी कास्कीको पाँचौं जिल्ला सम्मेलन शनिबार पोखरामा हुने भएको छ।

एनेकपा माओवादी जिल्ला कार्यसमिति कास्कीले म·लबार पार्टीकार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी गराएको हो।

सम्मेलनको उद्घाटन गर्न पार्टीअध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पोखरा आउने भएका छन्। उद्घाटन पूर्व पोखराको सभागृहचोकबाट जुलुस सुरु भई चिप्लेढुङ्गामा पुगेर कोणसभामा परिणत हुने कार्यक्रम रहेको सम्मेलन आयोजक समितिका संयोजक झलकपाणि तिवारीले जानकारी दिए।

दुर्इ दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनको बन्दसत्र भने ७ गते हुनेछ। उक्त सम्मेलनले माघ २० गते देखि हेटौडामा हुने एकीकृत नेकपा माओवादीको महाधिवेशनका लागि कास्की जिल्लाबाट २७  जना महाधिवेशन प्रतिनिधि चयन गर्ने छ।

सम्मेलनमा आयोजक, पर्यवेक्षक तथा प्रतिनिधि गरी सात सय १० जनाको सहभागिता हुने संयोजक तिवारीले बताए।

महाधिवेशनमा कास्कीमा रहेका माओवादीका पाँच हजार तीन सय पूर्ण सदस्यमध्ये दुर्इ सय पार्टीसदस्य बराबर एक जना महाधिवेशन प्रतिनिधि चयन गरिने पनि पत्रकार सम्मेलनमा  जानकारी गराइएको थियो।

सम्मेलनको प्रचार-प्रसारका लागि बुधबार मोटरसाइकल र्‍याली, बिहीबार रक्तदान कार्यक्रम, शुक्रबार शहीद तथा बेपत्ता परिवार, घाइते योद्धा तथा ऐतिहासिक व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम रहेको छ।

जिल्ला सम्मेलनको पूर्स्र्व कास्कीको ४३ वटै गाविस तथा नगरका ३३ वटा वडा विशेष कमिटीका प्रशाखा र लेखनाथमा नगर सम्मेलन समेत सम्पन्न भइसकेको छ। यसअघि कास्कीमा नेपाल कम्युनिष्ट पार्टीगठन भएपछि, वि.सं. २०१४ सालमा पहिलो र त्यसपछि वि.सं. २०१८ सालमा दोस्रो, वि.सं. २०४१ मा तेस्रो र २०४८ सालमा चौथो जिल्ला अधिवेशन सम्पन्न भएका छन्।

- अादर्श समाज सम्वाददाता