पोखरा महोत्सवको समापन आज

पोखरा, २ माघ। युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंहचौरमा जारी तेस्रोे पोखरा महोत्सव बुधबार समापन हुँदैछ।

आठौं दिनमा पनि महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहेको छ। महोत्सवको मुख्य उद्देश्यमा शिक्षा, स्वास्थ्य, खेलकुद र अन्य विभिन्न क्षेत्रको विकास गर्ने उद्देश्यले आयोजित महोत्सवमा दुर्इ सय २० वटा स्टल राखिएको छ भने महोत्सवका स्टलमा औद्योगिक उत्पादन, हस्तकला, सूचना प्रविधि, व्यवसायिक सङ्घसंस्थाको सेवा एवं पर्यटन प्रबर्द्धनका सामग्री महोत्सवमा राखिएको छ।

महोत्सवको अको आकर्षणको रूपमा रहेको उटमा चढ्नेको घुइँचो लागेको छ। आठौं दिनसम्म करिब एक लाख ४९ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन्। महोत्सवमा आठौं दिनसम्म करिब दुर्इ करोड बराबरको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ।

आठौं दिनमा राष्ट्रियस्तरका कलाकार सुनिता दुलाल, प्रजापति पराजुली, चोलेन्द्र पौडेल, जीवन दाहाल, शिवहरि ढुङ्गाना, सीता केसी, निशा पोख्रेल र पपतर्फ कमलकीरण बराललगायतका कलाकारले मनोरन्जन दिएका थिए।

समापनका दिनमा दोहोरीतर्फ प्रजापति पराजुली र पपतर्फ र मिलन एण्ड अलरेडको प्रस्तुती र लोकल बाण्डको प्रस्तुती रहने क्लबका सचिव लालकाजी गुरुङले जानकारी दिए।

महोत्सववाट बचत रकम २५ प्रतिशत शिक्षामा, २५ प्रतिशत स्वास्थ्यमा, २५ प्रतिशत खेलकुदमा र २५ प्रतिशत चिडियाखानामा लगानी गर्ने आयोजकले जानकारी दिएको छ।

- अादर्श समाज सम्वाददाता