हंसपुर गाविसको २१ औं गाउँ परिषद् सम्पन्न

पोखरा, २ माघ। कास्कीको दक्षिणपूर्वमा पर्ने हंसपुर गाविसको २१ औं गाउँ परिषद् आइतबार सम्पन्न भएको छ। परिषद्ले आर्थिक वर्ष ०७०/०७१ को लागि ७४ लाख २५ हजार दुर्इ सय रुपैयाँको अनुमानित आयव्यय बजेट सार्वजनिक गरेको छ।

गाविसका सचिव धर्मदत्त बरालले आयव्यय विवरण प्रस्तुत गर्दै सबैभन्दा बढी सामाजिक सुरक्षा भत्ता अन्तर्गत रु. ३० लाख पाँच हजार दुर्इसय अनुमानित बजेट पेश गरे।

त्यसैगरी सार्वजनिक सुधार निर्माण अन्तर्गत रु. २३ लाख १५ हजार, भवन निर्माण सुधारअन्तर्गत रु. छ लाख, उत्पादन तथा सेवा खर्चअन्तर्गत रु.चार लाख, कार्यक्रम भ्रमण खर्चअन्तर्गत रु. तीन लाख, सार्वजनिक संस्था अनुदान र सेवामूलक संस्था अनुदानअन्तर्गत रु. दुर्इ-दुर्इ लाख बजेट विनियोजन गरिएको छ।

त्यसैगरी कर्मचारी खर्चअन्तर्गत रु.एक लाख ५० हजार पाँच सय, सामाजिक सेवा अनुदानअन्तर्गत रु. ५० हजार, भैपरी गाउँ परिषद् खर्चअन्तर्गत रु. ३५ हजार, कार्यालय सञ्चालनअन्तर्गत रु. ३० हजार, पदाधिकारी पारिश्रमिकअन्तर्गत रु. ३० हजार, विविध चियापनअन्तर्गत रु. २५ हजार, भत्ताअन्तर्गत रु. २५ हजार, कार्यक्रम भ्रमणअन्तर्गत रु. २५ हजार, सामाजिक सुरक्षा आ.स.अन्तर्गत रु.२० हजार र धारा विजुली अन्तर्गत रु. १५ हजार बजेट विनियोजन गरिएको छ।

परिषद्को हंसपुर गाविसका निवर्तमान अध्यक्ष तथा नेकपा एमाले गण्डकी अञ्चल कमिटी सदस्य विजयवावु बनबासीले एक समारोहबीच उद्घाटन गरेका थिए।

कार्यक्रममा एकेनपा माओवादी तमुवान राज्य समिति सदस्य निर्मला सुवेदी, नेकपा एमाले जिल्ला कमिटी सदस्य कालिदास सुवेदी, नेपाली काङ्ग्रेस जिल्ला कमिटी सदस्य आनन्द सुवेदी, नेपाली काङ्ग्रेस भूपू जिल्ला कमिटी सदस्य नवीनबाबु पौडेल, नेकपा एमाले भूपू जिल्ला कमिटी सदस्य जीवनाथ भट्टराई, नेपाली काङ्ग्रेस क्षेत्रीय सदस्य नारायणकुमार श्रेष्ठ, बेगनास भोलेटार सडक निर्माण समितिका अध्यक्ष मुरारी कोइराला, नेपाली काङ्ग्रेस गाउँ एकाइ अध्यक्ष गंगाबहादुर गुरुङ, एनेकपा माओवादीका प्रतिनिधि दयाराम सुवेदी, नेकपा एमाले गाउँ कमिटी अध्यक्ष खेमराज न्यौपाने, नेकपा-माओवादीका चित्रबहादुर र्घर्ती, राप्रपाका जिल्ला सदस्य टेकनाथ सुवेदी, विद्यायलकोतर्फबाट विष्णुप्रसाद सुवेदी, सरसफाई समितिका अध्यक्ष भैरवलाल श्रेष्ठ, युवाको तर्फबाट सेभेन स्टार युथ क्लबका अध्यक्ष लिलबहादुर गुरुङ, महिलाको तर्फबाट तारामाया सुवेदी र दलितको तर्फबाट दुर्गाबहादुर चनारालगायतले मन्तव्य व्यक्त गरेका थिए।

गाविस सचिव धर्मदत्त बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रम शिक्षक कृष्ण राज सुवेदीले सञ्चालन गरेका थिए।

हंसपुर गाविसमा गाविस पार्श्वचित्र ०६५ अनुसार करिब छ हजार ६२ जनसङ्ख्या, एक हजार चार घरधुरी रहेका छन् भने सामाजिक सुरक्षाभत्ता प्राप्त गर्नेको सङ्ख्या चार सय ९९ जना रहेको गाविस सचिव धर्मदत्त बरालले जानकारी दिए।

- अादर्श समाज सम्वाददाता