क्योकुशिन बुदोकाईलाई माछापुच्छ्रे कराँते च्याम्पियनसीपको उपाधि

पोखरा, २ माघ। ढुङ्गेसाँघुमा माघे सङ्क्रान्तिको अवसरमा आयोजित माछापुच्छ्रे फुलकन्टयाक्ट कराँते प्रतियोगिताको उपाधि क्योकुशिन बुदोकाई कराँते सङ्घले जितेको छ। ११ इभेण्टमा बुदोकाई कराँते सात स्वर्णयचार रजत र १० काँस्य पदकसहित उपाधि जित्न सफल भएको हो।

पोखरा-१७ सीतापाईलास्थित ढुङ्गेसाँघुमा भएको ३५ केजी तौल समूहमा बुदोकाई कराँतेका सन्दिप भण्डारीले स्वर्णयपदक जितेका छन्। संगम लामिछाने रजत र सुरज गुरुङ काँस्य पदक जितेका छन्। त्यसैगरी ४० केजी तौल समूहमा भने धिरेश रोकाले स्वर्णयपदक जित्दा रविन पाण्डेले रजत पदक जित्न सफल भएका हुन्। यसैगरी ४५ केजी तौलमा पूर्ण थापाले स्वर्णयर अजय राईले रजत पदक जित्न सफल भएका छन्। नेपाल स्ट्रोङ्गेष्ट कराँते सङ्घको आयोजनामा सञ्चालित प्रतियोगिताको ५० केजी तौलतर्फ पनि बुदोकाईका चित्रण थापाले स्वर्णयपदक जितेका थिए। खुल्ला तौल समूहको प्रतिस्पर्धामा पनि बुदोकाईकै ओमराज पुनले स्वर्णयपदक जिते।

महिला तर्फको प्रतिस्पर्धामा ३५ केजी तौलमा सुजिता रानाभाट र ४५ केजी तौलमा सुष्मा थापाले स्वर्णयजित्दै बुदोकाई कराँतेका खातामा दुर्इ स्वर्णयथप्दै शीर्ष स्थान सुरक्षित गरे।

दुर्इ दिनसम्म सञ्चालित प्रतियोगितामा एकसय ४२ खेलाडी विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। विजेता खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

- अादर्श समाज सम्वाददाता