राष्ट्रिय हितका लागि सहमति गर : राष्ट्रपति

पाल्पा, १ माघ। राष्ट्रपति डा. रामवरण यादवले राजनीतिक दललाई एक ठाउँमा भई राष्ट्रिय हितका लागि सहमति गर्न सल्लाह दिएका छन्।

उनले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि समन्वय गरेर अगाडि नबढे मुलुक खतरामा पर्ने बताए। धार्मिक तीर्थस्थलको रूपमा परिचित पाल्पा, गुल्मी र स्याङ्जाको स·मस्थल रुरू मेलामा सम्बोधन गर्दै राष्ट्रपति डा. यादवले संविधानमा भएका बाधाहरूलाई फुकाएर जनतासमक्ष गई नयाँ संविधान निर्माणको बाटो रोज्न दलहरूलाई सुझाव दिए।

सबैको कमजोरीका कारण २००७ सालदेखि २०६२/०६३ जनआन्दोलनका उपलव्धि बचाउन नसकेको भन्दै राष्ट्रपति यादवले ‘हाम्रै त्रुटिले’ संविधानसभा बिदा भएको बताए। राष्ट्रपति यादवले रुरू क्षेत्रको अवलोकन गरेपछि सो क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन सकिने सम्भावना रहेकाले यसको विकास जरुरी रहेको बताए। डा. यादव हेलिकप्टरबाट दिउँसो १ बजे रुरू क्षेत्रमा पुगी कालगण्डकीमा स्नान, ऋषिकेश मन्दिरको दर्शन तथा पूजाआजा गरी मेला उद्घाटनका लागि पुगेका थिए।

राष्ट्रपति आउने भएपछि कार्यक्रमस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। राष्ट्रपतिको सुरक्षार्थ करिब एक हजार सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ। रुरू क्षेत्रधाम रिडीमा तीन दिने माघे सङ्क्रान्ति धार्मिक मेला लाग्ने गर्दछ। धार्मिक पवित्र स्थलको चार धामको रूपमा परिचित रुरू क्षेत्र कालीगण्डकीमा स्नान गर्न र ऋषिकेशको दर्शन गर्न रिडीमा दर्शनार्थीको घुइँचो लागेको छ। कालीगण्डकी रुरू क्षेत्रमा स्नान र ऋषिकेश देवताको दर्शन गरेमा मानिसले अञ्जानमा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ। रुरू क्षेत्रमा स्नान गर्न पाल्पा, गुल्मी, अर्घााा’ची, स्याङ्जा, रूपन्देहीलगायतका जिल्लाबाट हजारौ भक्तजन आउने गर्दछन्। स्वदेशी मात्र नभई भारतीय हिन्दू धर्मालम्वी पनि रुरू क्षेत्रमा आएका छन्।

कालीगण्डकीको तिरमा तपस्या गरेर बसिरहेका देवदत्त ऋषिको तपस्या भ· गर्न अप्सरा पर्ठाई ऋषिको तपस्या भ· गर्न सफल भएको तथा मानवी कन्यालाई त्यस क्षेत्रका रुरू मृगले दूध पिलाएर बचाएकाले उनलाई रुरू कन्या नाम राखिएको र पुनः उनै बालिकाको तपस्याबाट त्यस क्षेत्रको नाम रुरू क्षेत्र रहन गएको किम्वदन्ती छ।

मेलामा स्थानीय उत्पादनहरू, रुकुम, रोल्पा, डोल्पाबाट उत्पादन गरी ल्याएका काम्लो, कम्मल, राडी, पाखी, बाँसबाट उत्पादित विभिन्न किसिमका डाला, पाथी, काइँयोलगायतका घरेलु सरसमान बिक्रको लागि रुरू क्षेत्रमा ल्याइएको छ। मेलामा सुन्तला, ऊखु र स्थानीय खाना बटुक तथा अन्य परिकारको व्यापार तथा प्रदर्शनी राखिएको छ।

नवौं पटक पनि र्व्यर्थ, राष्ट्रपतिले आज दलहरूसँग छलफल गर्ने

सहमतिका आधारमा नयाँ प्रधानमन्त्री चयन गर्न राष्ट्रपति डा. रामवरण यादवले दिएको नवौं पटकको समयसीमा पनि र्व्यर्थै सकिएको छ। नेताहरूले गम्भीररूपमा छलफल नगरिकनै नवौं पटकको समय पनि निष्कर्षविहीन बितेको हो। राष्ट्रपतिसँगको छलफलका क्रममा थपिएको समयभित्र जसरी पनि सहमति जुटाउने आश्वासन नेताहरूले दिएका थिए। यद्यपि उनीहरूले यो अवधिमा एकपटक पनि औपचारिक बैठकसमेत गर्न सकेनन्। दलहरूको आ-आफ्नै दम्भ र अडानका कारण प्रमुख दलहरूबीच सहमति हुन नसकेको हो। हाल संसद् नभएका कारण फेरि पनि समय थप गर्नुबाहेक राष्ट्रपतिसमक्ष अर्को विकल्प नभएकाले दलका नेताहरूले थपिएको समयलाई खासै गम्भीररूपमा नलिएकाले सहमति कायम हुन नसकेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

दलहरूले थप गरिएको समयमा सहमतिको तयारी भन्दा पनि एकअर्काविरुद्ध आन्दोलन गर्ने निर्णय गरिनुले राष्टपतिको आग्रहलाई दलहरूले लत्याएको पुष्टि भएको छ। नवौं पटक पनि कुनै निकास नआएपछि राष्ट्रपति डा. रामवरण यादवले म·लबार  पुनः दलका नेताहरूलाई  शीतल निवास बोलाएका छन्। दलहरूकै सुझावका आधारमा आफू अघि बढ्ने बताउँदै आएका राष्ट्रपति यादवले अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्ने बताइएको छ। राष्ट्रपति यादवले अन्तरिम संविधानको धारा ३८(१ बमोजिम सहमतिको प्रधानमन्त्रीको चयन गरी नाम सिफारिस गर्न गत मङ्सिर ८ गते पहिलोपटक समय दिएका थिए।

- अादर्श समाज सम्वाददाता