विपक्षी दलहरूले आज आन्दोलन घोषणा गर्ने

काठमाडौं, १ माघ। प्रमुख विपक्षी दल नेपाली काङ्ग्रेस र नेकपा एमालेले वर्तमान सरकार संविधानविरोधी र राज्य आतड्ढ सिर्जना गर्न लागेको ठहर गर्दै अब आन्दोलनकै माध्यमबाट छिनोफानो गर्ने निर्णय गरेको छ।

काङ्ग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा सोमबार साँझ बसेको बैठकमा दुर्इ दलले अब सहमति भन्दापनि आन्दोलनलाई अघि बढाउने निर्णय गरेको बैठकपछि नेताहरूले बताएका छन्। बैठकले ‘माओवादी सरकारको विरुद्धु आन्दोलन गर्न लोकतान्त्रिक सबै शक्तिहरूलाई एकताबद्ध पार्ने निर्णय पनि गरेको छ। सरकारविरुद्धको आन्दोलनबारेमा निर्णय गर्न म·लबार काङ्ग्रेस एमालेलगायत अन्य विपक्षी दलको बैठक बस्ने सहमति समेत बैठकले गरेको बताइएको छ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै काङ्ग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकार राज्य आतड्ढतिर लागेकोले अब सरकारको विरुद्धमा आन्दोलन गर्ने निर्णय भएको जानकारी दिए। सरकार संविधानविपरीतका गतिविधिमा संलग्न रहेको भन्दै दुर्इ दलले अन्य लोकतान्त्रिक शक्तिहरूसँगको सहकार्यमा सशक्त आन्दोलन गर्ने निर्णय भएको उनले जानकारी दिए।

पत्रकारहरूसँगको कुराकानीमा एमाले उपाध्यक्ष बामदेव गौतमले एमाओवादी सरकार कब्जा गरेर निरड्ढुश शासन लम्ब्याउन उद्धत रहेकोले आन्दोलनको विकल्प नभएकोमा सहमति भएको जानकारी दिए। उनका अनुसार मङ्गलबार दिउँसो २ बजे एमाले पार्टीकार्यालयमा सबै प्रतिपक्षी दलहरूको संयुक्त बैठक बसेर आन्दोलनका कार्यक्रम सार्वजानिक गरिनेछ।

बैठकले हाल जारी रहेको पत्रकारहरूको आन्दोलन, महिला आन्दोलनलगायतमा ऐक्यबद्धता जनाउँदै दण्डहीनता अन्त्यको लागि आन्दोलन थप सशक्त बनाउन आह्वानसमेत गरेको बताइएको छ।

- अादर्श समाज सम्वाददाता