जङ्गलको शासन सभ्य समाजमा चल्न सक्दैन : रिजाल

पोखरा, १ माघ। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं प्रचारप्रसार विभाग प्रमुख डा. मीनेन्द्र रिजालले माओवादीले ज·लमा चलाएको ज·ली शासन सभ्य समाजको लागी स्वीकार्य नहुने बताएका छन्।

नेपाल प्रेस युनियन जिल्लाशाखा पर्वतले सदरमुकाम कुस्मा बजारमा गरेको हरि मखमली प्रेस युनियन पत्रकारिता पुरस्कार स्थापना एवं लोकतान्त्रिक मूल्य पद्धतिमा आधारित नयाँ संविधान निर्माणका लागि प्रेसको भूमिका विषयक विचार गोष्ठीमा डा.रिजालले यस्तो बताएका हुन्। रिजालले माओवादीका उपाध्यक्षसमेत रहेका अहिलेका प्रधानमन्त्री बाबुराम भट्टराईले आफूहरूले युद्धकालमा रहँदा ज·लमा चलाएको ज·लीराज सहरमा पनि गर्न सकिन्छ भन्ने गलत मानसिकता देखाएका कारण अहिले मुलुकमा दण्डहीनता मौलाएको बताए।

पत्रकार डेकेन्द्र थापा हत्यामा संलग्न अभियुक्तहरूले आफूले हत्या गरेको स्वीकार गर्दासमेत प्रधानमन्त्री भट्टराईले उनीहरूलाई बचाउन खेलेको भूमिकाले प्रधानमन्त्री अपराध र अपराधीको मतियारको रूपमा रहेको भन्दै डा. रिजालले अब पत्रकारहरूको नैतिक दबाबले मात्र अपराधका मतियारको रूपमा रहेका प्रधानमन्त्रीको अपराधी संरक्षण भूमिकालाई निमिट्यान्न पार्न नसकिने बताए। त्यसका लागि राजनीतिक दल, कर्मचारी, विद्यार्थी, नागरिक समाज मानवअधिकारवादीलगायत देशवासी सवैको दबाब आवश्यक भएको बताए।

प्रधानमन्त्रीले डेकेन्द्र थापाका हत्यारालाई राज्य शक्तिको चरम दुरूपयोग गर्दै लुकाउन र छिपाउने खोजे पनि सफलता पाउन नसकने उनको भनाइ छ। त्यस घटना मानवअधिकार उल्लङ्घनको पराकाष्टा भएकाले अन्तर्राष्ट्रिय जगतले समेत चासो दिएर हेरेको हुँदा भट्टराई सरकारले चाहेर पनि अपराधीलाई बचाउन नसक्ने बताए। भट्टराईको हर्कतका कारणनेपाल विश्वजगतमा अपराधी संरक्षण देशको रूपमा परिचित हुन लागेकोतर्फ उनले चिन्ता व्यक्त गरे।

यसैगरी नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष किरण पोखरेलले पत्रकार हत्यामा संलग्नलाई सरकारको नेतृत्वकर्ताले संरक्षण गरी घट्नालाई तोडमोड गर्न खोजेकोप्रति प्रेस जगतको गम्भीर ध्यानर्कषण भएको बताए।

पत्रकार डेकेन्द्र थापाका हत्यालाई सत्य निरूपण तथा मेलमिलाप आयोगले समेत प्रभावित पार्न नसक्ने भन्दै द्वन्द्वकालमा राज्य र व्रि्रोही पक्षबाट मारिएका ३३ पत्रकारहरूको ज्यान लिनेहरूलाई पनि कानुनको कठघारामा उभ्याउन नेपाल प्रेस युनियनले अग्रणी भूमिका खेल्ने बताए।

नेपाल प्रेस युनियनका जिल्ला शाखा अध्यक्ष छविलाल तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा हरि मखमली प्रेस युनियन पत्रकारिता पुरस्कार स्थापना गर्न रकम सहयोग गर्ने समाजसेवी हरिप्रसाद जोशी र उनकी धर्मपत्नी मखमलीजोशीलाई प्रेस युनियन पर्वतले अविर, दोसल्ला र सम्मान पत्रबाट अभिनन्दन गरेको थियो।पुरस्कारका लागि जोशीले युनियनलाई एक लाख ५१ हजार रूपैयाँ सोही कार्यक्रममा हस्तान्तरण गरेका थिए। पुरस्कारदाता जोशीले आफूले शैक्षिक, सामाजिक, धार्मिक क्षेत्रमा ठुलो लगानी गरेको र सञ्चार क्षेत्रको प्रवर्द्धनमा लगानी गर्न आवश्यक महसुस गरी पुरस्कारका लागि सहयोग गरेकोबताउनुभयो। कार्यक्रममा नेपाली काङ्ग्रेसका पार्टीसभापति लालकाजी गुरुङ, नेपाल प्रेसयुनियन पश्चिमाञ्चल संयोजक रमेश पौडेल, नेपाली काङ्ग्रेसका निवर्तमान जिल्ला सभापतिनवराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका सचिव इश्वर गिरी, नेपाल शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष बसन्तबहादुर सीके, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य होमनारायण श्रेष्ठले बोलेका थिए।

यस्तै, नेपाल शिक्षक सङ्घ पर्वतका अध्यक्ष डा. चुडामणि शर्मा, मानव अधिकार तथा शान्ति समाज पर्वतका अध्यक्ष गोविन्द पोखरेल, नेपाल प्रेस युनियन बागलुङका सभापति दीलिप पौडेल, पुरस्कार निर्देशिका तर्जुमा समितिका संयोजक विश्व प्रकाश प्रसार्इं, प्रेस चौतारीका राष्ट्रिय उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, नेपाल पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष एवं रेडियो शाल्रि्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायल, नेपाल पत्रकार महासङ्घ पर्वतका कार्यवाहक अध्यक्ष गणेश पौडेल, क्रान्तिकारी पत्रकार सङ्घ पर्वतका अध्यक्ष मुरारी शर्मा र प्रेस चौतारीका सचिव गणेश गिरीले मन्तव्य व्यक्त गरेका थिए।

- अादर्श समाज सम्वाददाता