माछापुच्छ्रे बैड्ढका ६२ एटीएम सञ्जाल विस्तार

पोखरा, १ माघ। माछापुच्छे बैड्ढ लिमिटेडको १३ औं र १४ औं वाषिर्क साधारणसभा आइतबार पोखरामा सम्पन्न भएको छ।

स्थापनाकालदेखि हालसम्म गरी बैड्ढले नेपाल अधिराज्यभर ५० वटा शाखा तथा २४ घण्टा नै रकम झक्नि सकिने सुविधासमेतका आफ्नै ६२ वटा एटीएमको सञ्जाल विस्तार गरी करिब लाख २० हजार ग्राहकलाई आधुनिक बैड्ढङि सेवा उपलब्ध गराएको बैड्ढले दाबी गरेको छ। चालु आर्थिक वर्षमा थप चारवटा नयाँ शाखा सञ्चालनमा ल्याउने चयारी भइरहेको पनि बैड्ढले जनाएको छ। बैड्ढ मर्ज भएपश्चात पूँजीमा गुणस्तरीय वृद्धि भएको र आर्थिक स्थिति अत्यन्तै सफल भएको दाबी गरिएको छ।

व्यवसायिक व्यवस्थापन तथा संस्थागत सुशासनमा विशेष ध्यान दिइएकाले आगामी दिनमा अझ बढी सबल, सक्षम र प्रभावकारी बैड्ढङि सुविधा प्रदान गर्दै जाने प्रतिबद्धता बैड्ढले व्यक्त गरेको छ।

२०५७ सालमा आठ करोड ४० लाख चुक्ता पूँजीबाट सुरु भएको सो बैड्ढको चुक्ता पूँजी हाल दुर्इ अर्ब ४७ करोड ८८ लाख रहेको छ।

चालु आर्थिक वर्षको पुस २६ गतेसम्मा २२ अर्ब ४५ करोड निक्षेप सड्ढलन गरेको र कर्जा लगानी १८ अर्ब ४० करोड तथा अन्य लगानी दुर्इ अर्ब ३७ करोड गरेको तथा कर्जाको लागि व्यवस्था अघिको सञ्चालन मुनाफा करिब २५ करोड रहेको जनाइएको छ।

- अादर्श समाज सम्वाददाता