छैटौं हिसान कास्की स्पोर्टस् मिट जारी, ज्ञानुबाबा र पोखरा उमावि छात्रा भलिबलको फाइनलमा प्रवेश

पोखरा, १ माघ।ज्ञानुबाबा उमावि र पोखरा उमावि पोखरामा सञ्चालित छैटौं हिसान कास्की स्पोर्टस् मिट-२०६९ अन्तर्गत छात्रा भलिबलको फाइनलमा प्रवेश गरेका छन्।

सोमबार भएको पहिलो सेमिफाइनल खेलमा सगरमाथा उमाविलाई २५-१२ र २५-९ को सोझो सेटमा पराजित गर्दै ज्ञानुबाबा फाइनलमा प्रवेश गरेको हो।

अर्को खेलमा पोखरा उमाविले माउण्ट अन्नपूर्ण उमाविलाई २५-१८ र २५-७ को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। ज्ञानुबाबा र पोखरा उमाविबीच मङ्गलबार बिहान नौ बजे हुनेछ।

त्यसअघि सगरमाथा र माउण्ट अन्नपूर्ण उमाविबीच तेस्रो स्थानको लागि बिहान आठ बजे हुने प्रचार-प्रसार संयोजक पुण्यप्रसाद शर्माले जानकारी दिए। छात्र भलिबल खेलअन्तर्गत पोखरा मल्टीमोडल उमावि, पोखरा उमावि, माउण्टअन्नपूर्ण क्याम्पस, बालोदय उमावि, लिटिलस्टेप उमावि, ज्ञानकुञ्ज उमावि, माउण्टअन्नपूर्ण उमावि, र ग्लोबल कलिजियट उमावि क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

सोमबार भएको पहिलो खेलमा पोखरा उमाविले मदरल्याण्ड उमाविलाई २५-१७ र २५-१४ को सोझो सेटमा पराजित गर्‍यो। दोस्रो खेलमा माउण्टअन्नपूर्ण क्याम्पसले डायमण्ड उमाविलाई २५-१० र २५-१९ को सोझो सेटमा पराजित गर्‍यो।

तेस्रो खेलमा बालोदय उमाविले टप्स उमाविबाट वाकओभर पायो।  चौथो खेलमा पाँचौं खेलमा लिटिल स्टेप उमाविले सृजना उमाविबाट वाकओभर पायो। पाँचौं खेलमा ज्ञानकुञ्जले प्रतिभा उमाविलाई २५-१६ र २५-१६ कै सोझो सेटमा पराजित गर्‍यो। छैटौं खेलमा माउण्टअन्नपूर्ण उमाविले सगरमाथा उमाविलाई २५-१८ र २५-२१ को सोझो सेटमा पराजित गर्‍यो।

सातौं खेलमा ग्लोबल कलिजियट उमाविले न्यू ग्यालेक्सी उमाविलाई २५-१३ र २५-७ को सोझो सेटमा पराजित गर्‍यो।पोखरा मल्टीमोडल उमाविले भने सोझै बाई पाएको छ। म·लबार क्वाटरफाइनल र सेमिफाइनलका खेल हुनेछन्।

प्रतियोगिताको उद्घाटन आइतबार एक समारोहबीच उच्च मावि शिक्षा परिषद्का सदस्य-सचिव भीमलाल गुरुङले गरेका थिए। उनले आगामी माघ १७ देखि २३ गतेसम्म काठमाडौंमा सञ्चालन हुन गइरहेको हिसान नेपाल स्पोर्टस् मिटमा सहभागिताको लागि उच्च मावि शिक्षा परिषद् पश्चिमाञ्चल क्षेत्रीय सर्म्पर्क कार्यालयबाट हिसान कास्कीलाई ५० हजार सहयोग उपलब्ध गराउन आफूले निर्देशन दिएको बताएका थिए।

छात्र बास्केटबलअन्तर्गत सोमबार छवटा खेल सम्पन्न भएका छन्। डायमण्ड उमावि, पोखरा उमावि, ग्लोबल कलिजियट उमावि, पश्चिमाञ्चल उमावि, एलए उमावि, टप्स उमावि क्वाटरफाइनलमा प्रवेश गरेका छन्। पहिलो खेलमा डायमण्ड उमाविले  प्रतिभा उमाविलाई ३४-२१ ले पराजित गर्‍यो।

दोस्रो खेलमा पोखरा उमाविले स्टेप बाई स्टेप उमाविलाई ३९-१६ ले पराजित गर्‍यो। तेस्रो खेलमा ग्लोबल कलिजियट उमाविले माउण्टअन्नपूर्ण उमाविलाई ४५-४० ले पराजित गर्‍यो। चौथो खेलमा पश्चिमाञ्चल उमाविले लिटिल स्टेप उमाविलाई ३३-१७ ले पराजित गर्‍यो। पाँचौं खेलमा एलए उमाविले न्यूग्यालेक्सी उमाविलाई १७-१० ले पराजित गर्‍यो।

छैटौं खेलमा टप्स उमाविले पोखरा मल्टीमोडल उमाविलाई २८-२६ ले पराजित गर्‍यो।आइतबारको खेलमा विजयी भएका पोखरा मल्टीमोडल उमावि र बालोदय उमावि पनि क्वाटरफाइनलमा प्रवेश गरेका छन्।मङ्गलबार क्वाटरफाइनल तथा सेमिफाइनलका खेल हुनेछन्।

छात्रातर्फ ज्ञानुबाबा उमावि र न्याशनल इन्भेन्टिभ उमावि सेमिफाइनलमा प्रवेश गरेका छन् भने ग्लोबल, माउण्ट अन्नपूर्ण क्याम्पस, स्टेप बाई स्टेप उमावि बाई पाएर क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

सोमबार भएको पहिलो खेलमा सगरमाथा उमाविले लिटिलस्टेप उमाविलाई १८-६ ले पराजित गर्‍यो। दोस्रो खेलमा माउण्ट अन्नपूर्ण क्याम्पसले एलए उमाविलाई ६-२ ले पराजित गर्‍यो। तेस्रो खेलमा न्याशनल इन्भेन्टि उमाविले पोखरा मल्टीमोडल उमाविलाई ९-६ ले पराजित गर्‍यो।

चौथो खेलमा ज्ञानुबाबा उमाविले सगरमाथापा उमाविलाई २९-४ ले पराजित गर्‍यो।मङ्गलबार क्वाटरफाइनल तथा सेमिफाइनलका खेल हुने मूल आयोजक समितिका संयोजक र्सूयबहादुर जिसीले जानकारी दिए।

टेबलटेनिसतर्फ छात्रछात्रा डबल्स, छात्रछात्रा सिङ्गलअन्तर्गत सोमबार प्रथम चरणका सम्पूर्ण खेल सम्पन्न भएको प्रतियोगिता संयोजक बाबुराम पन्तले जानकारी दिए।माघ ३ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा ३४ उमाविको सहभागिता रहेको छ।

- अादर्श समाज सम्वाददाता