तेस्रो चरणको अन्तर्राष्ट्रिय व्यवसायिक शिक्षक तालिमको सुरु

पोखरा, १ माघ। गत वैशाखबाट सुरु भएको दुर्इ वर्षे अन्तर्राष्ट्रिय शिक्षक तालिमको तेस्रो चरणको शुभारम्भ पोखरामा गरिएको छ।

क्याथोलिका पाबो विश्वविद्यालय, टिचर टे्रनिङ कलेज र थिओला फाउन्डेशनको प्राविधिक सहयोग तथा एन्फोर्स्र्ड फाउन्डेशन कास्कीको संयोजकत्वमा सञ्चालित तालिममा प्रशिक्षकद्वय थिआ हुत्न्सोफ र दिरिकी भिजरले सहजीकरण गरेका छन्। तालिममा पोखरा आसपास तथा बागलुङ, लमजुङ, काठमाडौं लगायतका विद्यालयमा कार्यरत २२ जना शिक्षकको सहभागिता छ।

तालिमको उद्घाटन गर्दै प्याब्सन कास्कीका अध्यक्ष निदेशप्रसाद कोइरालाले तालिमबाट सिकेका कुरा कक्षा कोठाभित्र प्रयोग गर्न सके मात्र तालिमको सार्थकता हुने बताए।

त्यसैगरी प्रशिक्षक थिओ हुल्सोफले परिवर्तनको संवाहक भएको नाताले शिक्षकहरूले आफूलाई समयसापेक्ष परिवर्तन गर्नुपर्ने बताए। १० दिनसम्म सञ्चालन हुने उक्त तालिम विगतका तालिमको निरन्तरता भएको र अन्य दुर्इवटा चरणका तालिमहरू अझै बाँकी भएको अर्का प्रशिक्षक दिर्की मिजरले बताइन्।

तालिममा मुख्य गरी सिकाइका सिद्धान्त तथा तिनको व्यवहारिक प्रयोग, प्रभावकारी पाठयोजना तथा उपयुक्त शिक्षण सामग्री बनाउने सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण हुने तालिम संयोजक प्रेमबहादुर कुँवरले बताए। संस्थापक अध्यक्ष शालिकराम अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको थियो। तालिम बाल प्रभात बोर्र्डिङ स्कूल न्यूरोड पोखरामा सञ्चालन भइरहेको छ।

- अादर्श समाज सम्वाददाता