जीवनयापनका लागि प्राविधिक शिक्षा : द्वारे

गल्याङ, १ माघ। स्याङ्जाको केवरे-१ स्थित बालसिद्ध उच्च माविको ३७ औँ वाषिर्कोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै क्षेत्रीय शिक्षा निर्देशक विष्णुबहादुर द्वारेले व्यक्तिको जीवनयापनका लागि प्राविधिक तथा व्यवहारिक शिक्षा आवश्यक भएको बताए।

अहिलेसम्मका पाठ्यक्रम तथा विषय वस्तु प्राविधिक नभएकै कारण देशमा बेरोजगार बढ्दै गएको भन्दै उनले त्यसलाई रोक्न राज्यले  प्रविधिक र जीवनोपयोगी शिक्षा लागू गर्नुपर्ने बताए।

स्याङ्जाका जिल्ला शिक्षा अधिकारी सङ्गीता रेग्मीले समयानुकुल शिक्षा दिन सकेमा सामुदायिक विद्यालयतर्फ पनि विद्यार्थी आकषिर्त गर्न सकिने बताइन्।

सो अवसरमा विद्यालयको विकासमा सहयोग पुर्‍याएको भन्दै क्षेत्रीय शिक्षा निर्देशनालय पोखराका उपसचिव खेमराज पौडेल, केशरीरमण न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीकान्त रेग्मी, विद्यालय निरीक्षक सुशीला अर्याल, स्वतन्त्र पत्रकार सङ्घका केन्द्रीय सदस्य टीकाराम अधिकारी, पत्रकार गोगीकृष्ण रेग्मी, समाजसेवी गैंबहादुर गुरुङ, बखतबहादुर गुरुङ, भोजकुमारी आले, ठाकुर अर्याल दनवीर ज्योतिलाल सुवेदी, झमकला रेग्मी, खगेन्द्र पाण्डेय, शालिकराम शर्मा, शिक्षकहरू ताराप्रसाद रेग्मी, भूपराज अर्याल, रमेश सिग्देल,  लोकबहादुर सार, कपिलमणि खनाल, झनकराज दाहाल, डण्डपाणि बराल र गाविस सचिव चन्द्रप्रसाद रेग्मीलाई सम्मान गरिएको थियो।

कार्यक्रममा विद्यालयका लेखा शिक्षक भूपराज अर्यालले एक करोड १६ लाख ७३ हजार ४४ रूपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीकान्त रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य ताराप्रसाद रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने शिक्षक भूपराज अर्याल कार्यक्रम सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता