सिटी डेभलपमेण्ट बैड्ढको कारोबारमा वृद्धि

पोखरा, १ माघ। पोखराको चिप्लेढुङगामा प्रधान रहेको सिटी डेभलपमेण्ट बैड्ढको निक्षेप पुस मसान्तसम्ममा दुर्इ अर्ब ६२ करोड रुपैयाँ नाघेको छ भने कर्जा दुर्इ अर्ब १० करोड रुपैयाँभन्दा बढी पुगेको छ।

बैड्ढको पुस मसान्तसम्मको सञ्चालन मुनाफा करिब चार करोड पुगेको छ भने करिब दुर्इ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन  गरेको बैड्ढले जनाएको छ।

सो बैड्ढले १० जिल्ला कार्य क्षेत्रको स्वीकृति प्राप्त गरेपश्चात मनाङको चामेमा बैड्ढङि सेवा शीघ्र सञ्चालन गर्न लगेको जनाएको छ। बैड्ढका सबै शाखामार्फत लघुवित्त कार्यक्रम सञ्चालन गर्नुका साथै ‘युवासँग सिटी’ कार्यक्रममार्फत युवा वर्गलाई लक्षित गरी लघुवित्त सेवा सञ्चालनमा ल्याएको केही समयमा नै उल्लेख्यरूपमा युवा वर्गलाई विभिन्न सीपमूलक तथा व्यवसायिक कार्यको लागि प्रभावकारी सेवा प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए।

- अादर्श समाज सम्वाददाता