ट्राभल मार्टमा सहभागी हुँदै होटल सङ्घ

पोखरा, १ माघ। गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा म·लबारदेखि सुरु हुने नेपाल-भारत संयुक्त ट्राभल मार्टमा पश्चिमाञ्चल होटल सङ्घ पोखराको टोलीले विशेष सहभागिता जनाउने भएको छ।

सङ्घका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेको नेतृत्वमा सङ्घ आबद्ध विभिन्न १५ होटलका व्यवसायीले उक्त दुर्इ दिने ट्राभल मार्टमा सहभागिता जनाउन लागेका हुन्। सङ्घका निवर्तमान अध्यक्ष विप्लव पौडेलसहित व्यवसायीको टोली म·लबार बिहान लुम्बिनी प्रस्थान गर्ने कार्यक्रम रहेको सङ्घका अध्यक्ष गैह्रेले जानकारी दिए।

नेपाल र भारतबीच यसप्रकारको संयुक्त ट्राभल मार्ट नेपालमा पहिलो पटक आयोजना हुन लागेको हो। ट्राभल मार्टमा नेपालका कुल ६० जना व्यवसायीले भाग लिने जनाइएको छ। भारतको पर्यटन मन्त्रालय, भारतकै उत्तर प्रदेश र विहारका पर्यटन कार्यालयका उच्च अधिकारीले समेत यो मार्टमा सहभागिता जनाउन लागेका छन्। नेपालको पर्यटन मन्त्रालय र इन्डियन काउन्सिल अफ कल्चरल रिलेसनसले यो कार्यक्रम संयुक्तरूपमा आयोजना गर्न लागेका हुन्।

ट्राभल मार्टमा नेपाल र भारतका व्यवसाय र पर्यटन सेवा सम्बद्ध स्टलहरू रहने र तिनमा खासगरी होटल, ट्राभल, ट्रेकिङ र पर्यटन सम्बद्ध व्यवसायीबीच प्याकेज र सूचनाहरू आदानप्रदान गर्ने कार्यक्रम रहेको सङ्घका अध्यक्ष गैह्रेले जानकारी दिए। ट्राभल मार्टले नेपाल र भारत दुबैतर्फको पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने विश्वास अध्यक्ष लिइएको गैह्रेले बताए। दुबैतर्फका व्यवसायीका लागि यो प्रवर्द्धनको राम्रो अवसर समेत रहेको उनको बुझाइ छ। ट्राभल मार्टमा बिजनेस टु बिजनेस मिटिङ र अन्तरक्रिया पनि गरिने छ। बुद्ध धर्मसम्बन्धी अन्तरक्रियासमेत मार्टका अवसरमा आयोजना हुने जनाइएको छ।

नेपाल सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष समापनका अवसरमा यो ट्राभल मार्ट आयोजना हुन लागेको हो। सन् २०१२ मा पाँच लाख ९८ हजार दुर्इ सय चार पर्यटक हवाई मार्गबाट लुम्बिनी पुगेका थिए। अघिल्लो वर्षको तुलनामा यो नौ दशमलव आठ प्रतिशतको वृद्धि हो। निकट भविष्यमा पोखरा र काठमाडौंमा समेत यस्तो ट्राभल मार्ट आयोजना हुन लागेको जनाइएको छ। मुख्य गरी भारतबाट कसरी धार्मिक पर्यटक लुम्बिनी र नेपालका अन्य ठाउँमा भित्र्याउन सकिन्छ भन्ने उद्देश्य उक्त मार्टले लिएको जनाइएको छ।

यसैगरी पोखरेली व्यवसायीले लुम्बिनी र मुक्तिनाथ जस्ता ठाउँमा पुग्ने भारतीय र अन्य पर्यटकका लागि आफ्ना प्याकेज र पोखरा सबै मौसमका लागि उपयुक्त छ भन्ने सन्देश समेत ट्राभल मार्टमा भारतीय व्यवसायीलाई दिने छन्। पोखरामा सामान्यदेखि विभिन्न सेवा सुविधा जोडिएका पर्यटकीय र तारसहित चार सयभन्दा बढी होटलमा करिव १५ हजार विस्तार रहेकोले यहाँ आवास र खानपानको उचित प्रबन्ध रहेको समेत सो अवसरमा जानकारी गराइने छ।

- अादर्श समाज सम्वाददाता