वडा विकास सङ्र्घर्ष समितिद्वारा हुलाक विभाग र अर्थमन्त्रालयमा ध्यानाकर्षण

पोखरा १ माघ। पोखरा उपमहानगरपालिका वडा नं. ९ मा गठित वडा विकास सङ्र्घर्ष समितिको प्रतिनिधि मण्डलले राजधानीमा गएर सम्बन्धित मन्त्रालयका मन्त्रीहरूलाई भेटी कार्ययोजना पत्रसहित ध्यानाकर्षण गराएको छ।

वडाको समग्र विकासमा सम्बन्धित निकायसँग सहकार्य र आवश्यक परे सङ्र्घर्ष गर्दै अगाडि बढ्न भन्दै समिति गठन गरिएको थियो। समितिका अध्यक्ष नरेन्द्रमान लालचनसहित सात सदस्यीय प्रतिनिधि मण्डलले नयाँबजारमा रहेको जीर्ण अवस्थाको कृषि विकास बैड्ढको स्वामित्वमा रहेको कोल्ड स्टोरेजको सञ्चालन आफैले वा व्यापारिक र्फमलाई दिने सम्बन्धमा अर्थमन्त्री वर्षमान पुनसँग आइतबार भेटघाट गरेको थियो। भेटमा मन्त्री पुन अत्यन्त सकरात्मक देखिएको र मन्त्रालयबाट गर्नुपर्ने काममा तदरुकताका साथ लागिपर्ने बताएको अध्यक्ष लालचनले बताए।

उनीहरूले आइतबार नै पोखराको मुख्य सहरको बीचमा रहेको पुरानो हुलाक कार्यालयलाई त्यहाँबाट स्थानान्तरण गर्न सञ्चार मन्त्रालयमा गएर सञ्चारमन्त्रीसँग कुराकानी गरेका थिए। त्यसअघि प्रतिनिधि मण्डलले हुलाक व्यवस्था विभागमा गई प्रबन्धकलाई भेटेर हुलाकको स्थानान्तरणका लागि पत्र दिइएको पनि लालचनले जानकारी दिए।

गत हप्ता सो सङ्र्घर्ष समितिले क्षेत्रीय हुलाक कार्यालय पोखरा, पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय, पोखरा उपमहानगरपालिका कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतका १० वटा सरकारी कार्यालयलाई पत्राचार गरी ध्यानाकर्षण गरेको थियो।

सो पत्रमा समयको माग बमोजिम हुलाकको स्थानान्तरण गरी सो स्थानमा पार्क वा पार्किङ स्थल बनाउन सकेमा वडा. नं. ९ मात्र नभई समग्र पोखरा नै सुन्दर भई यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो अवसर हुने उल्लेख छ।

पोखरा-९ मा रहेका सार्वजनिक स्थानको समयसापेक्ष उचित व्यवस्थापन गर्न गत पुस ६ गते वडावासी, टोल विकास संस्था तथा आमा समूहको भेलाले वडा विकास सङ्र्घर्ष समिति गठन गरेको थियो।

- अादर्श समाज सम्वाददाता