माघ २, २०६९

मेषः पराक्रम बढ्ने, व्यापार व्यवसायमा प्रगति, सहोदरको सहयोग मिल्ला।

बृषः मातृसुख मिल्ने, पढाइमा प्रगति होला, महत्वपूर्ण काम बन्ने देखिन्छ।

मिथुनः सन्तान सुख मिल्ला, प्रतिभाको कार्यमा ध्यान जाने, प्रशंसा होला।

कर्कटः प्रतिस्पर्धा गर्नुपर्ने, आँटेको काममा सफलता, विपक्षी ओझेलमा पर्लान्।

सिंहः दाम्पत्य सुख मिल्ला, देशदेशान्तरबाट शुभ समाचार आउने सम्भावना।

कन्याः बाध्यताका काम गर्नुपर्ने, स्वास्थ्यमा ध्यान पुर्‍याउनुहोला, खर्च बढ्ला।

तुलाः धार्मिक काममा ध्यान, नयाँ व्यक्तिसँग सम्बन्ध बढ्ला, यात्राको योग छ।

वृश्चिकः कर्मभाव खुलेकाले कार्यमा सफलता, उच्चस्तरीय व्यक्तिसँग भेट।

धनुः श्रीप्राप्तिको योग, आर्यमूलक कार्यमा ध्यान जाला, बुद्धिको प्रशंसा हुने।

मकर : चञ्चलपन रहने, अनावश्यक चिन्ता बेहोर्नुपर्ला, खर्च होला।

कुम्भः पारिवारिक मेल, आदरसत्कार मिल्ने, धार्मिक कार्यमा सहभागिता।

मीनः धन सञ्चयको भावना पैदा हुने, नजिकका व्यक्तिबाटै आलोचना होला।

- अादर्श समाज सम्वाददाता